Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्रीलंकामा ठूलो स्वास्थ्य समस्या आउन सक्ने चिकित्सककाे चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २९ २०७८
  • 5.1K
    SHARES

काठमाडौं । श्रीलंकामा ठूलो स्वास्थ्य समस्या आउन सक्ने चिकित्सकले चेतावनी दिएका छन ।

आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा जीवनदायी औषधीको समेत अभाव हुन थालेपछि चिकित्सकले ठूलो स्वास्थ्य समस्या आउन सक्ने चेतावनी दिएका हुन् । देशभर हृदयघातका विरामी र नवजात शिशुहरुका लागि आवश्यक औषधी समेत अभाव देखिएपछि चिकित्सकहरुले स्वास्थ्य प्रणाली नै ठप्प हुने र मानवीय समस्या आउनसक्ने भन्दै सडकमा निस्किएका छन् ।

समस्या कतिसम्म विकराल बनेको छ भने विजुली आपूर्ति बन्द हुँदा दुर्गम क्षेत्रमा चिकित्सकहरु सर्पले टोकेका विरामीका घाउँमा अध्यारोमा टाँका लगाउन बाध्य छन् । अस्पतालहरुले नियमित शल्यक्रियाहरु रोकेका छन् भने ल्याब टेष्टहरु पनि हुनसक्ने अवस्था छैन । सरकारी चिकित्सक र स्वास्थ्यकर्मीहरु नै सडकमा उत्रिनुपर्ने अवस्थाले त्यहाँको स्वास्थ्य प्रणाली नै ध्वस्त हुने अवस्थामा पुगेको प्रष्ट पारेको छ ।

देशका सवै अस्पताल बन्द हुने अवस्थामा रहेको भन्दै सरकारी मेडिकल अफिसर्स एशोसियसनका सचिव डा.सेनेगल फर्नाण्डोले अर्को दुई सातामा औषधी र उपचार नपाएर थुप्रै मानिसहरुले ज्यान गुमाउनुपर्ने चेतावनी समेत दिएका छन् । विरामीको उपचार हुन नसकेर ज्यान गयो भने कुनै पनि बेला अस्पतालहरुमा दंगा हुनसक्ने चिन्ता चिकित्सकहरुले ब्यक्त गरेका छन् ।

स्वास्थ्य अवस्था यति भयावह भईसक्दा समेत सरकारले सर्वसाधारणलाई आश्वस्त पार्न नसकेको भन्दै चिकित्सकहरु आक्रोशित भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४