Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुसले डोनबास क्षेत्रमा भयंकर आक्रमणको तयारी गरेको युक्रेनको दावी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २९ २०७८
  • 13.6K
    SHARES

काठमाडौं । रुसले युक्रेनको डोनबास शहरमा भयंकर आक्रमण गर्ने तयारी गरिरहेको युक्रेनले दावी गरेको छ ।

युक्रेनको रक्षा मन्त्रालयले जनाए अनुसार रुसी सेना पछिल्लो समय डोनबास शहरतर्फ अघि बढेको बताइएको छ । युक्रेन र रुसबीच युद्ध भएकाे आज (मंगलबार) ४७ दिन पूरा भएकाे छ । तर युरोपेली संघले रुसमाथि पेट्रोलियम पदार्थमा प्रतिबन्ध लगाउने प्रस्तावको मस्यौदा तयार गरेपनि कार्यान्वयन नभएको भन्दै युक्रेनको विदेश मन्त्रालयले खेद प्रकट गरेको छ । रुसमाथिको प्रतिबन्ध कार्यान्वयन नभएको खण्डमा युक्रेनमा रुसले थप मानव अपराध गर्ने भन्दै युक्रेनले विश्व जगतलाई पुनः घच्घच्याएको छ ।

यसैबीच रुसले युक्रेनको डोनेट्स्कमा गरेको आक्रमणमा ३ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् । रुसले उत्तरी क्षेत्रबाट आफ्नो सेना फिर्ता गरे पनि डोनबास क्षेत्र रुसी सेनालाई सुम्पन्न युक्रेनी सेनालाई आग्रह गरिरहेको छ । रुसको आक्रमणमा युक्रेनको किभ नजिक बोरोडिन्काका अधिकाश संरचनाहरु ध्वस्त भएका छन् ।

मारियुपाेल शहरबाट सेना फिर्ता गरेको रुसले मारियुपाेलसँग गासिएको क्रिमिया प्रायद्धिपमा पनि हवाई आक्रमण तीब्र पारेको छ । रुसी सेनाले मारियुपाेल शहरमा महिलामाथि यौन दुव्र्यवहार भएको खुलासा भएको छ ।

मारियुपाेलकी एक महिलाले रुसी सेनाले आफ्नो बालबच्चाको सामुन्ने आफूलाई बलात्कार गरेको र आफ्नो पतिको गोली हानी हत्या गरेको बताएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४