Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिला कर्मचारीले नयाँ कुर्सी मागेपछि जागिर चट्, २२ लाख पाइन क्षतिपूर्ति


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २७ २०७८
  • 7.8K
    SHARES

एजेन्सी । बेलायतकी एक महिला कर्मचारीले आफ्नो हाकिमसँग नयाँ कुर्सी मागेकै कारण नोकरीबाट हात धुनु परेको छ ।

ती महिला कर्मचारी बेलायतको टाइन वेयर महानगर शहरको मोड्युलर अफिस एण्ड स्टोरेज सिस्टम लिमिटेड भन्ने कार्यालयमा १८ वर्षदेखि काम गर्दै आइरहेकी थिइन् । जागिरबाट निकालिएपछि उनले मुद्दा दायर गरेकी थिइन । मुद्दा जितेर उनले २२ लाख रुपैयाँ क्षतिपूर्ति पाएकी छिन् । यो मुद्दा बेलायतको रोजगार न्यायाधीकरणमा समेत सुनुवाइ भएको थियो ।

बेलायती पत्रिका ‘मिरर’ का अनुसार अनुसार ती महिलाको नाम लिन्डा वाकर हो । ती महिलामा तीन वर्षदेखि ढाडको समस्या थियो । यहि समस्याको उपचार गर्न उनले ४ महिनाको छुट्टी समेत लिएकी थिइन् । न्यायाधिकरणमा सुनुवाइका क्रममा लिन्डाले भनिन्, ‘मैले नयाँ कुर्सी मागेको थिएँ, किनभने मैले प्रयोग गरेको कुर्सीले मेरो ढाडको दुखाई धेरै बढाइरहेको थियो । त्यसैले मैले कुर्सीलाई सजिलो बनाउन आग्रह गरेको थिए । तर, इन्जिनियर क्रिस्टोफर होईले कुर्सीको पेँच खोल्नुपर्ने हुँदा कुर्सी नराम्रो देखिने भएपछि यो काम गर्न मान्नुभएन् ।‘

सुनुवाइमा उनले थप भनेकी छिन– त्यसपछि अफिसमा बसेको बैंठकमा उनले आफ्नो हाकिमलाई यस समस्याको बारेमा राम्रोसँग बताइन् । तर, त्यो कम्पनीले ती महिलालाई भनेजस्तो कुर्सी दिन सकेन ।

त्यसपछि उनलाई कार्यालयले एक चिठी थमायो । जसमा उनलाई कामबाट निकालिएको उल्लेख थियो । त्यसमा उनी बैठकमा उपस्थित हुन नसकेको कारण र उनको स्वास्थ्य अबस्था बिग्रदै गरेको कुरा उल्लेख गरिएको थियो । उनी बिरामी परेका कारण बेलाबेलामा छुट्टी लिने गर्दथिन् जसका कारण कम्पनीको काम राम्रोसँग हुन सकेन । सोहि कारणले गर्दा उनलाई जागिरबाट निकालिएको कम्पनीको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४