Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साउथह्याम्प्टनमाथि चेल्सीको आधा दर्जन गोल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २७ २०७८
  • 7.4K
    SHARES

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले साउथह्याम्पटनमाथि आधा दर्जन गोल बर्साएको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ६–० ले पराजित हो ।

चेल्सीका टिमो वेर्नर र मेसन माउन्टले दुई दुई गोल गर्दा मार्कस अलन्सो र काई हाभर्ट्जले एक एक गोल थपे ।

खेलको आठौं मिनेटमा अलन्सोले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । १६ औं मिनेटमा माउन्टले गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाए । २१ औं मिनेटमा वेर्नरले गोल गर्दै टोलीको अग्रता तेब्बर बनाए । ३१ औं मिनेटमा काईले गोल गर्दै चेल्सीलाई ४–० ले अघि बढाए ।

४९ औं मिनेटमा वेर्नरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ५–० को अग्रता दिलाए । त्यसपछि ५४ औं मिनेटमा माउन्टले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ६-० को जित दिलाए ।

प्रिमियर लिगकै अन्य खेलहरुमा टोटनह्याम हट्सपरले एस्टन भिल्लालाई ४–० ले हराउँदा लिड्स युनाइटेडले वाट्फोर्डमाथि ३–० को जित निकाल्यो । शनिबार राति एभर्टनले म्यान्चेस्टर युनाइटेडलाई १–० ले हराउँदा ब्राइटनले आर्सनललाई २–१ ले पाखा लगायो ।

इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति दुई शिर्ष क्लबहरु म्यानचेस्टर सिटी र लिभरपुल भिड्नेछन् । सिटीको मैदानमा हुने यो खेललाई जारी सिजनको प्रिमियर लिगको अघोषित उपाधि भिडन्तको रुपमा हेरिएको छ ।

लिगमा ३० खेलको समाप्तीसम्म म्यानचेस्टर सिटीको ७३ अंक छ भने लिभरपुलको ७२ अंक छ । तेस्रो स्थानको चेल्सीको ६२ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४