Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युक्रेनको रेलवे स्टेशनमा रुसी सेनाको रकेट प्रहारबाट पाँच बालबालिकासहित ५० जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २६ २०७८
  • 4.9K
    SHARES

काठमाडौं । युक्रेनको क्रामटोरस्क रेलवे स्टेशनमा भएको रकेट आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

पूर्वी युक्रेनको डोन्बास क्षेत्रबाट बालबालिकासहित सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजानका लागि प्रयोग गरिँदै आएको रेलवे स्टेशनमा रुसले रकेट आक्रमण गरेको हो । स्थानीय गभर्नरका अनुसार ३८ जनाको घनास्थलमै र १२ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु गएको हो । गभर्नर पाभ्लो किरिलेन्कोका अनुसार मृत्यु हुनेमा पाँचजना बालबालिका पनि छन् । घटनामा ३ सय जना घाइते भएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रेलवे स्टेशनमा भएको आक्रमण रुसले गरेको अर्को युद्ध अपराध रहेको बताउनुभएको छ । आफ्नो नियमित रात्रिकालीन सम्बोधनको क्रममा जेलेन्स्कीले अपराधका लागि भविष्यमा हुने सुनुवाइमा रुसलाई कानुनको दायरामा ल्याउने बताउनुभयो ।

यसअघि, जेलेन्स्कीले युक्रेन भ्रमणमा रहेकी युरोपियन कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लियनसहितको टोलीसँग बुचा क्षेत्रको अनुगमन गर्नुभएको थियो । उर्सुलाले बुचामा सोच्नै नसकिने अपराध भएको बताउनुभएको थियो । त्यसको केही घण्टा भित्रै रेलवे स्टेशनमा आक्रमण भएको हो । उर्सुलासहितको टोली रेलमार्ग भएर पोल्याण्डबाट युक्रेन पुगेको थियो ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा ‘भयानक–आततायी अत्याचार’ गरेको बताउनुभएको छ । रेलवे स्टेशनमा भएको मिसाइल आक्रमणको सन्दर्भमा उहाँले रुसको निन्दा गर्नुभयो । तर रुसले भने आक्रमण गरेको स्वीकार गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४