Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोभिडका थपिए ९ नयाँ लक्षणहरू


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २४ २०७८
  • 4.9K
    SHARES

काठमाडौँ । बेलायतमामा कोभिड-१९ का ९ नयाँ लक्षणहरू थपिएका छन् । त्यहाँको हेल्थ सेक्युरेटी एजेन्सीले जारी गरेको निर्देशिकामा कोरोनाभाइरस सङ्क्रमणमा घाँटी दुख्ने, जीउ दुख्ने र पखालासहित अन्य लक्षणहरू थपेको हो ।

महामारी शुरु भएको दुई वर्षपछि इङ्गल्यान्डमा निःशुल्क परीक्षण अन्त्य भएको केही दिनपछि नयाँ लक्षणहरू थपिएको हो । यद्यपि न्याश्नल हेल्थ सर्भिसेजले धेरै नयाँ लक्षणहरू रुघाखोकी र फ्लुका लक्षणसँग मिल्दोजुल्दो रहेकोले होसियार रहन भनेको छ ।

यसअघि कोभिड सङ्क्रमणमा निम्न लक्षणहरू देखिने मानिएको थियो :-

  • ज्वरो
  • नयाँ तारन्तार खोकी
  • गन्ध वा स्वाद हराउने

महामारीको सुरुवातदेखि नै यी तीनलाई प्रमुख लक्षणहरू भनिएको थियो । विश्व स्वास्थ्य सङ्गठन र अमेरिकाले केही समय यता थप लक्षणहरू सहितको सूची प्रयोग गर्ने गरेको छ । तर बेलायतमा भने कोभिडका कुन-कुन लक्षणहरूलाई प्रमुख मान्ने र त्यसका आधारमा निःशुल्क परीक्षण गर्ने भन्ने विषयमा मतभेद रहेको थियो ।

टाउको दुख्ने कोभिडको लक्षण हो तर टाउको मात्रै दुखेको भरमा कसैले पनि कोभिडको परीक्षण गर्न नचाहने अवस्था हुँदा यस्ता लक्षणलाई समावेश गर्ने कि नगर्ने भन्ने स्पष्ट थिएन । ज्वरो, खोकी र स्वाद वा गन्ध हराउने लक्षण चाहिँ अधिकांश सङ्क्रमणमा देखिने वा कोरोनाभाइरसकै कारणले मात्रै हुने हुँदा तिनलाई प्रमुख लक्षण मानिएको थियो ।

अब कोभिडका लक्षणमा यूकेमा निम्न नयाँ नौ लक्षण थपिएका छन् :-

  • -श्वासप्रश्वासमा असहजता
  • -थकान
  • -जीउ दुख्ने
  • -टाउको दुख्ने
  • -घाँटी दुख्ने
  • -सिँगान बग्ने वा नाक बन्द हुने
  • -भोक नलाग्ने
  • -पखाला
  • -बिरामी महसुस हुने
  • बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४