Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२६ गतेसम्म चुनावी तालमेलबारे रिपोर्ट बुझाउन गठबन्धनको निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २३ २०७८
  • 3.1K
    SHARES

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिले चुनावी तालमेलबारे चैत २६ गतेसम्म निर्णयसहितको साझा प्रतिवेदन बुझाउन तल्लो तहका संयन्त्रलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बुधबार बसेको बैठकले चैत २६ गतेसम्म चुनावी तालमेलबारे निर्णय दिन गठबन्धनका प्रदेश, जिल्ला र स्थानीय संयन्त्रलाई निर्देशन दिएको हो ।यसअघि गत बिहीबार बसेको गठबन्धनको बैठकले स्थानीय तहहरूमा गठबन्धनको अवस्था, चुनावी तालमेलको आधार लगायतका विविध विषयमा अध्ययन गरी चैत २२ गतेसम्म साझा प्रतिवेदन बुझाउन प्रदेश, जिल्ला र स्थानीय तहमा संयुक्त संयन्त्र बनाउने निर्णय गरेको थियो ।

बैठकमा चुनावी तालमेल गरेर २२ गतेसम्म वस्तुस्थिति मुल्याङ्कन गर्न भनेअनुसार काम भए नभएको पनि समीक्षा भएको छ ।

समितिले कतिपय जिल्लामा तालमेलबारे छलफल भएको, कतिपय जिल्लामा छलफल नै सुरु नभएको र कतिपय जिल्लामा भने पालिका स्तरमा भागवण्डा नै भइसकेको जनाएको प्रारम्भिक प्रतिवेदन आएको जनाएको छ ।

यस्तै, समितिको पहिलो बैठकले स्थानीय तह निर्वाचनमा गठबन्धनबाट उम्मेद्वार छनोटको साझा मापदण्ड बनाउने पनि निर्णय गरेको छ ।

उम्मेदवार चयनबारे पार्टीहरूको आ–आफ्नो विधि भए पनि साझा उम्मेदवार चयनका लागि न्यूनतम साझा मापदण्ड बनाउने निर्णय गरेको समितिले मापदण्डको टुङ्गो लगाएको छैन ।

तल्लो तहका संयन्त्रबाट प्रतिवेदन आएपछि उम्मेदवारको न्यूनतम् मापदण्ड तय गर्ने समितिको तयारी छ । समितिको अर्को बैठक चैत २७ गते बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४