Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पेट्रोलियम आयात आधा बढीले घटाउन राष्ट्र बैंकको सुझाव


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २३ २०७८
  • 8.3K
    SHARES

काठमाडौं । सरकारको आर्थिक सल्लाहकार समेत रहेको नेपाल राष्ट्र बैंकले पेट्रोलियम पदार्थको आयात आधा भन्दा बढीले घटाउन सरकारलाई सुझाव दिएको छ । अर्थतन्त्रको वर्तमान अवस्थाबारे गत १६ चैतमा अर्थ मन्त्रालयमा लिखित सुझाव पठाउँदै केन्द्रीय बैंकले यस्तो सुझाव दिएको हो ।

अर्थमन्त्रीलाई सम्बोधन गरी लेखिएको सुझाव पत्रको ४ नम्बर बुँदामा राष्ट्र बैंकले मासिक १२ देखि १३ अर्ब रुपैयाँ बराबर मात्रै भुक्तानी हुने गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन मिलाउनु पर्ने उल्लेख छ ।

राष्ट्र बैंकको प्रस्तवाअनुसार पेट्रोलियमको पदार्थको आपूर्ति कम गर्ने निर्णय हुबहु कार्यान्वयन भएमा हालको पेट्रोलियम आयातमा आधा भन्दा बढी कटौती हुनेछ । जसले पेट्रोलियमको चरम अभाव पैदा गर्न सक्ने निगमका अधिकारीहरु बताउँछन् ।

नेपाल आयल निगमका अनुसार पछिल्लो महिनाहरुमा पेट्रोलियम पदार्थ खरिद गरेबापत अहिले भारतीय आयल निगमलाई मासिक कम्तीमा २४ देखि २९ अर्ब रुपैयाँसम्म रकम भुक्तानी गर्दै आएको छ ।

निगमका नायब उपकार्यकारी निर्देशक नागेन्द्र सहका अनुसार गत मार्च महिनामा निगमले २९ अर्ब रुपैयाँको पेट्रोलियम खरिद गरेको थियो । यस्तै अघिल्लो फेब्रुअरी महिनामा २७ अर्बको तेल किनिएको थियो ।

निगमले हाल औसत २ लाख ७८ हजार किलोलिटर पेट्रोलियम खरिद गर्ने गरेको छ । गत साउनसम्म मासिक औसत १४ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम खरिद हुने गरेकोमा परिमाण उही भए पनि मूल्य बढ्दा निगमको दायित्व थपिएको साहले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४