Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्यानचेस्टर सिटी र लिभरपुल विजयी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २३ २०७८
  • 7.9K
    SHARES

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलका क्वाटरफाइनल पहिलो लेगका खेलहरुमा इंग्लिस क्लबहरु म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् ।

मंगलबार राति भएको इंग्ल्याण्डको म्यानचेस्टर भएको खेलमा सिटीले स्पेनको एथ्लेटिको मड्रिडलाई १–० ले हराएको छ । सिटीको जितमा केभिन डे ब्रायनले निर्णायक गोल गरे खेलको ७० औं मिनेटमा ब्रायनले निर्णायक गोल गरे ।

मंगलबार राति भएको अर्को खेलमा लिभरपुलले पोर्चुगलको बेन्फिकामाथि ३–१ को जित निकालेको छ । लिभरपुलको जितमा इब्राहिमा कोनाटो, साडियो माने र लुइस डियाजले एक एक गोल गरे । पराजित टोली बेन्फिकाको लागि डार्विन नुनेजले एक गोल फर्काए ।

खेलको १७ औं मिनेटमा कोनाटेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई दोब्बर अग्रता दिलाए । ४९ औं मिनेटमा बेन्फिकाका नुनेजले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । त्यसपछि ८७ औं मिनेटमा डियाजले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।

च्याम्पियन्स लिग फुटबलका क्वाटरफाइनलका अन्य दुई खेल आज राति हुनेछन् । आज इंग्ल्याण्डको चेल्सी र स्पेनको रियल मड्रिड भिड्दा अर्को स्पेनिस क्लब भियारियालले जर्मनीको बार्न म्युनिखको सामना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४