Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाकिस्तानी प्रधानमन्त्री खानबाट राष्ट्रपति समक्ष संसद विघटनको प्रस्ताव


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २० २०७८
  • 2.2K
    SHARES

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानमा राष्ट्रपति समक्ष संसद् विघटनको लागि सिफारिस गर्नुभएको छ ।

प्रधानमन्त्री खानले आइतबार राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति अरिफ अल्भीलाई संसद् विघटन गर्न सिफारिस गर्नुभएको हो । आफूबिरुद्ध अविश्वासको प्रस्ताव ल्याइएपछि खानले संसद बिघटनको प्रस्ताव गर्नुभएको हो । खान विरुद्ध विपक्षी दलको अविश्वासको प्रस्ताव ल्याएका हुन् । तर पाकिस्तानको राष्ट्रिय सभाका उपसभामुखले सो प्रस्ताव विदेशी षड्यन्त्रको उपज अनुसार ल्यायएको आरोप लगाउँदै त्यसलाई खारेज गर्नुभएको छ । आइतबार उप सभामुख कासिम सुरीको अध्यक्षतामा बसेको संसद् बैठकले खानविरुद्धको अविश्वासको प्रस्ताव असंवैधानिक रहेको भन्दै खारेज गरेको हो । त्यसपछि खानले राष्ट्रको नाममा सम्बोधन गर्नु भएको हो । यद्यपि औपचारिक रुपमा संसद् विघटन भने भइसकेको छैन ।

सभामुख असद वासेरविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रधानमन्त्री खानले राष्ट्रपति समक्ष संसद् विघटनको प्रस्ताव गर्नु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।पाकिस्तानमा राजनीतिक संकटका बीच नयाँ राजनीतिक लडाइँ सुरु भएको छ ।

यसअघि खान सरकारका सूचना तथा प्रसारण मन्त्री फवाद चौधरीले प्रधानमन्त्री इमरान खानको हत्या हुनसक्ने सनसनीपूर्ण दाबी गर्नुभएको थियो । त्यसपछि खानको सुरक्षा बढाइएको थियो । प्रधानमन्त्री खानले अमेरिकी सहयोगमा आफूलाई पदबाट हटाउने कोसिस भइरहेको आरोप ललाउँदै आउनु भएको छ ।

पाकिस्तानमा दुई सदनात्मक संसदीय व्यवस्था छ । तल्लो सदनलाई राष्ट्रिय सभा र माथिल्लोलाई सिनेट भनिन्छ । अविश्वासको प्रस्ताव आएसँगै खानले तल्लो सदन ३४२ सदस्यीय राष्ट्रिय सभा विघटन गरेर चुनावमा जाने प्रस्ताव गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४