Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीको टिप्पणी : कांग्रेस सधै बिग्रिएका, पत्रु तत्वसँग घाँटी जोड्छ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १८ २०७८
  • 3.3K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले सधै ‘बिग्रिएका तत्व’सँग घाँटी जोड्ने गरेको टिप्पणी गरेका छन्।

अनेरास्ववियुको कार्यक्रमलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै ओलीले कांग्रेसले सधै लोकतन्त्र विरोधीसँग घाँटी जोड्ने समेत आरोप लगाए।

‘नेपाली कांग्रेसले कस्तासँग घाँटी जोड्न भने बिग्रिएका, सडेका, लोकतन्त्र विरोधी, राष्ट्रियता विरोधी, विकाउ मालहरु,’ आक्रोसित हुँदै ओलीले भने, ‘जबसम्म भाँडो काम लाग्छ त्यसलाई भाँडो भनिन्छ । काम नलाग्ने भएर कुच्चिएर चुइने भएपछि पत्रु भनिन्छ । हो त्यस्तासँग नेपाली कांग्रेसले घाँटी जोड्छ । थोत्रा तत्वहरु र पत्रु तत्वहरु, प्रतिगामी तत्वहरु । यस्ताहरुसँग कांग्रेसले एकता गर्छ । उहिले होस् कि अहिले होस् कांग्रेसको जातै त्यस्तै हो ।’

ओलीले विदेशी सेना बोलाएर देशभक्त नेपालीको टाउको कटाएको समेत आरोप लगाए। ‘डोटीमा गिरफ्तार गरेर भीमदत्तको टाउँको काटिएको थियो,’ ओलीले भने, ‘भन्दा राम्रो लाग्दैन तर नेपाली कांग्रेसले नै गरेको थियो । विदेशी सेना बोलाएर देशभक्त नेपालीको टाउको नेपालीले कटाएको थियो । नेपाली कांग्रेस यस्तै छ । मित्रहरुलाई दमन गर्ने, जो लोकतन्त्रको विरोधी छ, उसैसँग सधै घाँटी जोड्ने ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४