Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सत्ता गठबन्धन बैठकः चुनावमा तालमेल गरेरै जाने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १८ २०७८
  • 5K
    SHARES

काठमाडौं । सत्ता गठबन्धन आबद्ध पाँच राजनीतिक दलले स्थानीय तह निर्वाचनमा गठबन्धन आबद्ध दलको अवस्था बुझ्न प्रदेश, जिल्ला र स्थानीय तहमा संयुक्त संयन्त्र बनाउने निर्णय गरेका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध दलहरूको बैठकले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको हो । बैठकले गठबन्धनबाहेकका दलसँग भने तालमेल नगर्ने निर्णय गरेको छ ।

गठबन्धन बैठकले प्रदेश, जिल्ला र स्थानीय तहसम्म नै तालमेल गर्ने विषयमा निर्णय गर्न स्थानीय तहसम्म नै पाँच दलीय संयन्त्र बनाउने निर्णय गरेको नेपाली कांग्रेसका नेता एवं सरकारका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।‘तालमेलका लागि प्रदेश, जिल्ला र पालिकास्तरीय समिति बनाउने सहमति भएको छ, त्यो समितिले २२ चैतभित्रमा प्रदेश, जिल्ला र स्थानीय तहमा गठबन्धनको अवस्था’दयगत प्रतिवेदन दिन्छ, सो प्रतिवेदनका आधारमा कहाँ कसरी तालमेल गर्ने भन्ने’दयगत निर्णय हुन्छ,’ सरकारका प्रवक्ता मन्त्री कार्कीले बैठकपछि सञ्चारकर्मीहरूसँग भने ।

गठबन्धन बैठकको सुरुमै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सत्तारूढ दलहरू मिलेर चुनावमा अघि बढ्ने प्रस्ताव राखेका थिए । सो प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतले सहमति जनाएका हुन् । सरकारको नेतृत्वकर्ता दल कांग्रेसले गत मंगलबार सम्पन्न केन्द्रीय समिति बैठकबाटै स्थानीय आवश्यकताका आधारमा सत्ता गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेल गर्ने निर्णय गरेको थियो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४