Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारत भ्रमणको एजेण्डा माग्दा प्रधानमन्त्री मौन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १७ २०७८
  • 5.2K
    SHARES

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानु अघिल्लो दिन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्यो ।

चुनावी तालेमलबारे छलफल बोलाइएको बैठकमा सत्तारुढ दलका नेताहरुले भारत भ्रमणको एजेण्डाबारे चासो राखेका थिए । नेकपा एकीकृत समाजवादी नेता झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एजेण्डा राखेर सुझाव दिन आग्रह गरेका थिए ।

तर पटकपटक एजेण्डाबारे सोध्दा पनि नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा मौन बसेको एक नेताले बताए ।

त्यसपछि सत्तारुढ दलका नेताहरुले लिपुलेक, लिम्पियाधुरा र कालापानीको नेपाली भूभागबारे नेपालको मत राख्न सुझाएका छन् । प्रवुद्ध समूह (ईपीजी) को प्रतिवेदन बुझ्नुपर्ने, महाकालीमा भइरहेको अतिक्रमण रोक्नुपर्ने लगायतका समस्याबारे पनि भारतीय पक्षसँग सम्वाद गर्न नेताहरुले सुझाएका छन् ।

बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दलहरुले दुई देशको सम्बन्धलाई कसरी सुदृढ बनाउने भनेर सुझाव दिएको बताए ।

नेपाल र भारतबीच सरकार र सरकारको बीचमा मात्र नभई जनस्तरमा पनि सम्बन्ध रहेको भन्दै उनले भने, ‘त्यसलाई प्रगाढ बनाउने र हाम्रा विचमा देखिएका समस्याहरुलाई उच्च स्तरको राजनीतिक र कूटनीतिक माध्यमबाट हल गरेर दुई देशको सम्बन्धलाई अझ सुदृढ बनाउन यो भ्रमण सफल हुनेछ भन्ने विश्वास लिएका छौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४