Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युक्रेनका राष्ट्रपतिद्वारा रुसमाथि कडा प्रतिबन्ध लगाउन पश्चिमा राष्ट्रसँग पुनः अपिल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १५ २०७८
  • 6.1K
    SHARES

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि कडा प्रतिबन्ध लगाउन पश्चिमा राष्ट्रसँग पुनः अपिल गर्नुभएको छ ।

तेल निर्यात सहित रुसमाथि कडा खालको प्रतिबन्ध लगाउन जेलेन्स्कीले पश्चिमा राष्ट्रलाई आग्रह गर्नुभएको हो । आफ्ना नियमित रात्रिकालीन भिडियो सन्देशको क्रममा जेलेन्स्कीले रुसमाथि पश्चिमा राष्ट्रले लगाएका केही ‘निष्क्रिय’ प्रकृतिका प्रतिबन्धको आलोचना गर्दै कुनै पनि जवाफका लागि विश्वले रुसको आक्रमण वा क्रियाको प्रतिक्षा गर्न नमिल्ने उल्लेख गर्नुभएको छ ।

सन्देशमा जेलेन्स्कीले विश्व शक्ति राष्ट्रले पहिले नै कडा प्रतिबन्ध नलगाएको प्रति दु:ख ब्यक्त गर्दै युक्रेनमाथि रुसले गरिरहेको आक्रमणलाई मानवता विरोधी अपराधको संज्ञा दिनुभएकाे छ ।

त्यस्तै, रुसले युक्रेनलाई विभाजन गर्न खोजिरहेको छ, पश्चिमी देशहरूलाई साहास देखाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आग्रह समेत गर्नुभएकाे हाे ।

रुस र युक्रेनबीचको युद्ध जारी भएकाे (३४ औँ दिन ) पूरा भईसकेकाे छ । हालसम्म दुई पक्षबीचको वार्ताले कुनै फलदायी नतिजा निस्कन सकेको छैन् । रुस र युक्रेनको प्रतिनिधिमण्डलबीचको अर्को व्यक्तिगत वार्ता मार्च २८ देखि ३० सम्म टर्कीमा जारी रहेकाे छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले नाटोको मुद्दामा जनमत संग्रह गर्ने समेत लगाउनुभएकाे छ । यस सम्बन्धमा हतारमा निर्णय लिन मिल्लैन । यसै क्रममा युक्रनी वार्ताकार तथा राजनीतिज्ञ डेभिड अर्खामियाले टर्कीमा भएको वार्ताको जानकारी दिएका छन् ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भन्नुभयाे, पश्चिमी कायर हो, हामी एक्लै रुसी आक्रमणकारीसँग लडिरहेका छौँ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिममाथि कायरताको आरोप समेत लगाउनुभएकाे छ ।

उहाँले रुसले देशलाई उत्तर र दक्षिण कोरिया गरी दुई भागमा विभाजन गर्न खोजेको समेत बताउनुभएकाे छ । युक्रेन रुससँग एक्लै लडिरहेको छ । त्यहि समयमा रुसले पूर्वी डोनबास क्षेत्र कब्जा गर्ने बताईरहेको छ ।

नाटोबाट बाहिर रहने विषयमा जनमत संग्रह गर्ने

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले तटस्थता र नाटो बाहिर रहन सहमतिको मुद्दा भएकाे बताउनुभएकाे छ । जसलाई तुरुन्तै निर्णय गर्न गाह्रो हुने उहाँकाे तर्क छ । उहाँले रुसी सेना देशबाट र्फिता भएपछि जनमत संग्रह गरिने समेत बताउनु भएकाे छ । उहाँले साे विषयमा यो प्रस्ताव युक्रेनी मतदाताहरूका अगाडी राख्ने समेत बताउनुभएकाे छ ।

रुससँग चलिरहेको युद्धकोबीचमा युक्रेनलाई सहयोग गर्न धेरै देश अगाडि आएका छन् । अमेरिका, जर्मनी, पोल्याण्डले युक्रेनमा डिजेल इन्धन पठाउने छन् ।

युद्ध सुरु भएदेखि नै युक्रेनले इन्धन अभावको सामना गरिरहेको हुनाले यी देशहरूले युक्रेनमा इन्धन पठाउने निर्णय गरेका छन् । वास्तवमा युद्ध सुरु भएदेखि नै रुसले युक्रेनको तेल र इन्धन भण्डारलाई मिसाईलमार्फत निशाना बनाउदैँ आएको छ । हाल युक्रेनमा इन्धनको अभाव रहेकाे छ ।

युक्रेनबाट रुसी सैनिकले ७ जना अपहरण गरेको छ

युक्रेनसँग चलिरहेको युद्धकोबीचमा रुसी सेनाको सबै प्रमुख शहरहरूमा गोलाबारी गरिरहेको छ । यसैबीच, रुसी सेनाले चेर्निहाइभ क्षेत्रको स्निभस्क सहरमा सात जनालाई अपहरण समेत गरेको छ ।

रुसले युक्रेनी शहर बेलारुसलाई ध्वस्त पार्ने नयाँ योजना बनाइएको छ । रुसले बेलारुसलाई ध्वस्त पार्न रकेट तैनाथ गरिरहेको छ । युक्रेनी सशस्त्र बलका जनरल स्टाफले बेलारुसको भूभागमा रुसी सेनाका लागि योजना गरिएको बताएका छन् ।

त्यस्तै, रुस र युक्रेनबीचको शान्ति वार्ताअघि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दाेआनले रुस र युक्रेनबीच भएको ६ वटा वार्तामध्ये ४ वटा मा सहमति भइरकेको बताउनुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४