Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्थानीय चुनावमा कुन जिल्लामा कति दल ? (विवरणसहित) काठमाडौंमा ४६, मनाङ, मुस्ताङ र डोल्पामा ११


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १४ २०७८
  • 7.5K
    SHARES

काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ७९ वटा दल भाग लिँदैछन् ।

७९ वटा मध्ये ६ नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय दलको मान्यता पाएका दलहरु हुन् भने बाँकी ७३ वटा राष्ट्रिय दलको मान्यता नपाएका दल हुन् । राजनीतिक दल सम्बन्धी ऐनमा राष्ट्रिय मान्यताप्राप्त दलले मात्र आफ्नै चुनाव चिह्न पाउने, अरु दललाई भने स्वतन्त्र उम्मेदवारसरह जुनसुकै चुनाव चिह्न दिन सकिने व्यवस्था छ ।

यो व्यवस्थाको दलहरुले विरोध गरेपछि अन्तत निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका दललाई पनि उनीहरुकै चुनाव चिह्न दिने निर्णय गरेको छ । आयोगले राष्ट्रिय मान्यता नपाएका दलसँग जिल्लागत संगठन संरचना माग ग¥यो र त्यस आधारमा जिल्लागत आधारमा चुनावमा प्रतिस्पर्धा गर्न सक्ने दलको संख्या निकालेको छ ।

आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले दलहरुले बुझाएको जिल्लागत पार्टी संरचनाको विवरणको आधारमा दलीय चुनाव चिह्न उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए । सबैभन्दा बढी काठमाडौंमा ४६ वटा दलले दलीय चुनाव चिह्न सहित चुनावमा भाग लिन पाउने भएका छन् भने सबैभन्दा कम मनाङ, मुस्ताङ र डोल्पामा ११ वटा दलले चुनावमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् ।

राष्ट्रिय दलको मान्यता पाएका ६ वटा बाहेकका अरु दल कुन जिल्लामा कति ?

ताप्लेजुङ : ९
पाँचथर : ८
इलाम : ११
संखुवासभा : ११
तेह्रथुम : ९
धनकुटा : १२
भोजपुर : १०
खोटाङ : १३
सोलुखुम्बु : १३
ओखलढुंगा : १३
उदयपुर : २२
झापा : ३०
मोरङ : ३३
सुनसरी : ३२
सप्तरी : २८
सिरहा : २६
धनुषा : २६
महोत्तरी : २०
सर्लाही : २९
रौतहट : ३०
बारा : २९
पर्सा : २७
दोलखा : १६
रामेछाप : १८
सिन्धुली : २०
काभ्रेपलाञ्चोक : २४
सिन्धुपाल्चोक : १९
रसुवा : १२
नुवाकोट : २२
धादिङ : २१
चितवन : २८
मकवानपुर : २४
भक्तपुर : २८
ललितपुर : ३१
काठमाडौं : ४०
गोरखा : १२
लमजुङ : १२
तनहुँ : १७
कास्की : २५
मनाङ : ५
मुस्ताङ : ५
पर्वत : १४
स्याङ्जा : १३
म्याग्दी : १४
बागलुङ : १३
नवलपरासी पूर्व : १६
नवलपरासी पश्चिम : २१
रुपन्देही : ३२
कपिलवस्तु : २१
पाल्पा : ९
अर्घाखाँची : ११
गुल्मी : ११
रुकुम पूर्व : ७
रोल्पा : ७
प्युठान : ९
दाङ : २१
बाँके : २३
बर्दिया : २०
रुकुम पश्चिम : ७
सल्यान : ७
डोल्पा : ५
जुम्ला : ८
मुगु : ९
हुम्ला : ९
कालीकोट : १४
जाजरकोट : ७
दैलेख : ८
सुर्खेत : १९
बाजुरा : ९
बझाङ : ७
डोटी : ९
अछाम : १०
दार्चुला : १०
बैतडी : १०
डडेलधुरा : १०
कञ्चनपुर : १९
कैलाली : २३

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४