Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवाले भने : ०७४ मा बालबाल जितेको हुँ, गठबन्धन नगरी कसरी हुन्छ ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १४ २०७८
  • 6.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ०७४ सालको संसदीय निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्दा थोरै ठाउँमा मात्र जित हासिल भएको भन्दै अबको चुनावमा गठबन्धन गरेरै जानुपर्ने बताएका छन् ।

केन्द्रीय कार्य समिति बैठकमा शेखर कोइरालासहितका केही नेताले गठबन्धनको विपक्षमा धारणा राखेपछि सभापति देउवाले गठबन्धन गरेर जाँदा नै सहज हुने बताएका हुन् ।

‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार,’ केन्द्रीय समिति बैठकमा उनले प्रश्न गरे, ‘गठबन्धन नगरी कसरी हुन्छ ? पहिला धेरै साथीले हारेका हैनन् र ?’

विगतमा माओवादीले आफूलाई समेत गोली हानेको प्रसंग निकाल्दै देउवाले पुराना कुरा भुलेर माओवादीसँग गठबन्धन गरेर नै अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘मेरो आइडोलोजीमा शंका नगर्नुहोस्, धेरै लडेको मान्छे हुँ, म अब फेरि पार्टी सभापति हुने होइन, अहिलेको अवस्था त हेर्नु पर्‍यो नि ।’

बैठकमा गृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाँणले सरकार बनाउँदा नै तीनै तहकाे चुनावमा गठबन्धन गर्ने सहमति भएको बताए । ‘त्याे सहमति कांग्रेसले ताेड्नुहुँदैन, गठबन्धन बचाउनु पर्छ। गठबन्धन गर्दा कांग्रेसको संगठन पनि बिगार्नु हुँदैन’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४