Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस नेतालार्ई लिङ्देनको प्रश्न– ‘देउवालाई कति समय थपिदियो भने देश बनाउन सक्नहुन्छ ?’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १२ २०७८
  • 5.2K
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवाले अबको कति समयमा देश बनाउन सक्छन् भन्ने प्रश्नको उत्तर दिन नेपाली कांग्रेसका नेताहरूलाई चुनौति दिनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले कति समयमा देश बनाउन सक्छन् भन्ने प्रश्नको उत्तर उनीहरूसँग नै नभएको आरोप लगाउनुभयो ।

अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा भ्रष्ट नेतालाई भोट नदिने हो भने त्यो सजाय खुकुरी र तरबार चलाएको भन्दा ठूलो हुने बताउनुभयो । ३१ वर्षसम्म नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नै सरकार चलाइरहेको भन्दै अब पनि उनीहरूलाई नै जिताएर देश बन्छ भन्नु मुर्खता भएको बताउनुभयो ।

लिङ्देनले आफ्नो पार्टीले ५ वर्षमात्रै देशको नेतृत्व पाए देशको मुहार फेर्ने गरी काम गर्ने दाबी गर्नुभयो ।

‘नेकपा एमाले, नेकपा माओवादी र नेपाली कांग्रेसका त्यति नै नेतालाई हामीले कति समय थपिदियो भने देश विकास हुन्छ ?’ उहाँले प्रश्न गर्नुभयो, ‘बडो आदारपूर्वक भनौं, शेरबहादुर देउवालाई अब कति पटक वा कति वर्ष थपदियो भने उहाँ देश बनाउन सक्षम हुनुहन्छ ?’

अध्यक्ष लिङ्देनले जनताको हातमा पुनः शक्ति आउन लागेको भन्दै मतरूपी शक्तिलाई उचित सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले कांग्रेस, एमाले र माओवादीप्रति दक्षित गर्दै साँढेको टाँगमुनि बाल्टी थापेर दुध नआउने बताउनुभयो ।

अध्यक्ष लिङदेनले मुलधारमा रहेको पार्टीहरूको दिमाग बाँझो भइसकेको भन्दै जति भोट दिए पनि उनीहरूले देश नबनाउने दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४