काठमाडौं । काठमाडौंको शंखमुलमा दुई समूहबीच झगडा हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार घटनामा संलग्न दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुलाई महानगरीय प्रहरी वृत्त, बानेश्वरमा राखेर अनुसन्धान गरिरहेका छौं’ उनले भने ।
