Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“रामेछाप काँग्रेस घर घर जाउँ अभियानमा”


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ७ २०७८
  • 12.7K
    SHARES

©नेत्र बहादुर कार्की 

रामेछाप । नेपाली काँग्रेसले ‘घर घर जाउँ काँग्रेस जिताऔं ’ अभियानबाट एकै साथ विभिन्न विषयलाई गाउँ तह सम्म पु¥याउन थालेको छ । अभियानले काँग्रेसका जिल्ला स्तरका नेताको मात्र नभै स्थानीय स्तरमा रहेका क्रियासिल कार्यकर्ताहरुको सक्रियता पनि बढाएको छ ।

नेपाली काँग्रेस रामेछापका सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम ) भन्छन – अभियानमा स्थानीय स्तरका विकास निर्माण र स्थानीय सरकारले गरेका कमीकमजोरी केलाउने, संठगन सुधारका उपायहरुका बारेमा कार्यकर्ताहरुबाट राय लिने र बर्षौ सम्म अधुरा रहेका योजना पुरा गराई नागरीकलाई सेवा सुविधा दिने विषयमा छलफल केन्द्रीत हुन थालेको छ ।

उनले पार्टीको आन्तरिक जिवनमा कोहि कसैबाट कुनै बेला कमीकमजोरी हुनु स्वभाविक भएको भन्दै त्यसलाई सुधार गरेर सवैको एकता प्रदर्शन गर्ने वताए । आफ्नो व्यक्तीगत तुषलाई लुकाएर भएपनि सवैले संगठनलाई सर्बोपरि ठान्नु पर्ने तामाङले वताए ।

‘मैले घर व्यवहार त्यागेर संगठनको खातिर समय दिएको छु ’ तामाङले भने सवैले खट्यौं भने काँग्रेस मजवुद हुने र आसन्न निर्वाचनमा सवै तहमा विजय हासिल गर्न सक्छौं । यो अभियान विशिष्ट शैलीको छ ’ उपसभापति लेखवहादुर कार्की भन्छन् – हामीले पार्टीको कुरा लगाएत एमसिसी अनुमोदन र यसका सवालहरुलाई तल्लो तहमा रहेका नेता कार्यकर्ताका साथै आम मतदातालाई वुझाउने छौं ।

सोमबार मन्थलीमा पत्रकार सम्मेलन गर्दै काँग्रेसले अभियानका अतिरीक्त विभिन्न स्थानीय तहमै पुगेर ८ पटक जिल्ला समितिको बैठक गर्नुका साथै कार्यकर्ता विच अन्तरक्रिया गरेको र उक्त अवधिमा २ हजार भन्दा बढी विभिन्न पार्टीका कार्यकर्ता काँग्रेसमा प्रवेश गराएको उल्लेख छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता नारायणवहादुर बोगटीले घर घर जाउँ काँग्रेस जिताऔं अभियान संचालनका लागि जिल्लाका विभिन्न स्थानीय तहमा नेता कार्यकर्ता परिचालन भइसकेको वताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४