Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालको लगातार खराब ब्याटिङ, यूएईसँग ९९ रनले पराजित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ७ २०७८
  • 8.9K
    SHARES

काठमाडौं ।आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत यूएई विरुद्धको खेलमा खराब ब्याटिङ गरेपछि नेपाल ९९ रनले पराजित भएको छ ।

२०३ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १०३ रनमै अलआउट भयो । नेपालको चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सकेन ।

यसअघि पहिलो खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो ।

यूएईविरुद्ध बनाएको १०३रन नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको सबैभन्दा कम स्कोर हो ।

यूएईले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात फेरि पनि राम्रो हुन सकेन । नेपालले सुरुवाती पावर प्लेमा ४ विकेट गुमाएको थियो ।

नेपालका ओपनर कुशल भुर्तेल दोस्रो ओभरमै व्यक्तिगत ५ रन बनाएर आउट भए । यस्तै श्रृंखलामा पहिलो खेल खेलिरहेका पवन सर्राफ २ रन बनाएर तेस्रो ओभरमा आउट भए । पवनले आसिफको स्थानमा ओपनिङ गरेका थिए । यस्तै दीपेन्द्र सिंह ऐरीले खाता समेत नखोली तेस्रो ओभरमा आउट भए । जुनैद सिद्दीकीले पवन र दीपेन्द्रलाई लगातार आउट गरे ।

यसअघिका दुई खेलमा राम्रो ब्याटिङ गरेका रोहित पौडेल आज व्यक्तिगत ९ रनमा आउट भए । नेपालले १० ओभरमा ४ विकेट गुमाएर जम्मा २१ रन बनाएको थियो ।

पवार प्लेमा युएईका जुनैद सिद्दकी र कासिफ दाउदले २-२ विकेट लिएका थिए ।

त्यसपछि ज्ञानेन्द्र मल्ल र आरिफ शेखले नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । पाँचौ विकेटका लागि ज्ञानेन्द्र र रोहितले ३३ रनको साझेदारी गरे । आरिफ २१औं ओभरमा १५ रन बनाएर बउट भए । आरिफ आउट भएपछि नेपालको इनिङ्स धर्मारायो । त्यसपछि नेपाली इनिङ्स सम्हालिन सकेन ।

ज्ञानेन्द्र मल्ल पनि २५औं ओभरमा आउट भएपछि नेपालले ६९ रनमा छैटौं विकेट गुमायो । ज्ञानेन्द्रले ६५ बल खेल्दै २ चौका मद्दतमा सर्वाधिक ३० रन बनाए । आरिफ र ज्ञानेन्द्र दुवैलाई यूएईका कप्तान अहेमद राजाले आउट गरे । विनोद भण्डारी १२ रन बनाएर आउट भए । करण केसी ४ रनमा आउट भए ।

नेपालले एक सय रन पूरा गरेपछि नवौं विकेट गुमायो । सोमपाल कामी १५ रन बनाएर ३५औं ओभरमा आउट भए । कप्तान सन्दीप लामिछाने ३६औं ओभरको पहिलो बलमा खाता नखोली बउट भए ।

नेपाललाई अलआउट गर्न यूएईका लागि जुनैद सिद्दिकीले ८ ओभरमा २ मेडन राख्दै २३ रन खर्चेर ४ विकेट लिए । यस्तै कासिफ दाउद र अहमेद राजाले समान २ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४