Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले अध्यक्ष ओलीले मुलुकको नेतृत्व गर्न नसक्ने प्रमाणित भयो : प्रदीप पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र ६ २०७८
  • 5.9K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको नेतृत्व गर्न नसक्ने प्रमाणित भइसकेको दाबी गर्नुभएको छ ।

आइतबार स्याङ्जाको पुतलीबजारस्थित पार्टी कार्यालयमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत वडाहरुमा खटाइएको टोलीका संयोजकको भेलालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताउनु भएको हो ।
उहाँले जनताले दिएको म्यान्डेडअनुसार झण्डै दुईतिहाइ प्राप्त सरकारलाई पाँच वर्ष टिकाउन नसक्दा ओलीले नेतृत्व गर्न सक्षम नभएको भन्ने प्रमाणित भएको दाबी गर्नुभयो ।

राजनीतिमा बारम्बार परीक्षण हुने मौका प्राप्त नहुने जिकिर गर्दै नेता पौडेलले अब जनता माझ गएर एमालेकको मत माग्ने हैसियत नै नभएको टिप्पणीसमेत गर्नु भयो ।

त्यस अघि आजै नेता पौडेलले तनहुँ तरुणदलद्वारा आयोति एक कार्यक्रममा कांग्रेसलाई बलियो बनाउनका लागि पार्टीको मेरुदण्ड मानिएको तरुण दलललाई पनि अझै बलियो बनाउनुपर्नेमा जोड दिनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४