Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बैंकको ब्याजदर नियन्त्रण गर्न छलफल भइरहेको छ : अर्थमन्त्री शर्मा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ४ २०७८
  • 7K
    SHARES

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर नियन्त्रण गर्नका लागि छलफल भइरहेको बताउनुभएको छ ।

शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ५५ औँ स्थापना दिवसको अवसरमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

उहाँले त्यसका लागि नेपाल राष्ट्र बैंक तथा अन्य बैंकहरुसँग छलफल भइरहेको बताउनुभयो । पछिल्लो समय बैंकको ब्याजदर वृद्धि हुँदा उद्योगी व्यवसायीहरुलाई समस्या परेको र ती समस्या समाधानको लागि सरकारले काम गरिरहेको अर्थमन्त्री शर्माले बताउनुभयो । मन्त्री शर्माले नेपालको बैंकिङ क्षेत्र र व्यवसाय क्षेत्र सबै गोलमाल भएको बताउनुभयो । उहाँले उद्योग व्यवसायहरुलाई विकास गर्नको लागि उद्योगीहरुले सुझाव दिनुपर्ने बताउनुभयो ।

त्यस्तै, अर्थमन्त्री शर्माले हरेक वर्ष निर्यातलाई बढाउँदै लैजाने गरी सरकारले नीति बनाउने बताउनुभयो । उहाँले आयात प्रतिस्थापनको लागि उत्पादन र निर्यातमा केही वृद्धि भएपनि त्यो अपुग रहेको बताउनुभयो । अर्थमन्त्री शर्माले अब नयाँ बजेट र नीति निर्माण गर्ने बेला भएको भन्दै उद्योग विकास र वृद्धिका लागि यसमा उद्योगीहरुले राय सल्लाह दिन आग्रह गर्नुभयो । उहाँले हाल ऋण पाउने कुरामा समस्या भएको र कोभिड १९ का कारण भएको ऋणको व्यवस्था भएपछि तरलताको समस्या पनि समाधान हुने बताउनुभयो ।

अर्थमन्त्री शर्माले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई सहजरुपमा नेपालमा डलर खाता खोल्न पाउने व्यवस्था गरेर पनि यसलाई समाधान गरिने बताउनुभयो । उहाँले विदेशबाट बैंकहरुले ऋण लिनको लागि पनि आवश्यक निर्णयहरु गरिएको बताउनुभयो ।

मन्त्री शर्माले गोलमाल भएको बैंकिङ क्षेत्रलाई सुधार्न र व्यवस्थापन गर्ने कार्यमा मन्त्रालयले काम गरिरहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४