Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उद्योगी महेश जाजू बने महामुर्ख !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २ २०७८
  • 8.4K
    SHARES

विराटनगर । विराटनगरका उद्योगी महेश जाजूले महामूर्ख उपाधि पाएका छन् । होली पर्व मा मारवाडी युवा मञ्च विराटनगरले जाजूलाई महामूर्ख उपाधि प्रदान गरेको हो ।

मारवाडी समुदायमा महामूर्ख उपाधिलाई सम्मानको रुपमा ग्रहण गरिन्छ । मंगलबार राति कार्यक्रमको आयोजना गरी जाजूलाई उपाधि दिएको मञ्चका पूर्व अध्यक्ष गोपाल अग्रवालले बताए ।

उनका अनुसार हरेक वर्ष होली पर्वमा यो उपाधि दिइदै आएको छ । ‘समाजमा कुनै न कुनै रुपमा योगदान गरेका व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले महामूर्ख उपाधि दिइन्छ’, अग्रवालले भने, ‘रमाइलोका लागि उपाधि पाउने व्यक्तिलाई हिरोइनको फोटो राखिएको ताज र बजारमा पाइने सस्तो तरकारीको माला बनाएर लगाइदिन्छौं ।’

मारवाडी युवामञ्च २०४९ सालमा स्थापना भएको थियो । होलीमा महामूर्ख उपाधि दिने परम्परा भने संस्था दर्ता हुनुभन्दा अगाडिबाटै सुरु भएको उनले बताए । ‘होलीमा रमाइलो गर्ने उद्देश्यले पनि यो उपाधि दिइन्छ,’ उनले भने, ‘उपाधि एक वर्षसम्म रहन्छ ।’

गत वर्ष महामूर्खको उपाधि उद्योगी चम्पालाल राठीले पाएका थिए । राठीले उपाधि जाजूलाई हस्तान्तरण गरे ।

अग्रवालका अनुसार महामूर्ख उपाधि दिएपछि होली खेल्दै बजागाजासहित बजार डुल्ने परम्परा पनि छ । तर कोरोना महामारीका कारण यस वर्ष बजार परिक्रमा गर्ने कार्यक्रम नभएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४