Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युक्रेनमा तीन छिमेकी देशका प्रधानमन्त्री किभ पुगेर राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता, वार्ताबाटै समस्या समाधानमा जोड


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २ २०७८
  • 8.4K
    SHARES

काठमाडौं । युक्रेनमा रुसको आक्रमण जारी रहेका बेला तीन छिमेकी देशका प्रधानमन्त्री युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्न राजधानी किभ पुगेका छन् ।

युक्रेनका छिमेकी देशहरु पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरु रेल मार्फत किभ पुगेका हुन । किभ पुगेका उनीहरुले मंगलबार राती युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भेटेर रुस विरुद्धको लडाईमा ऐक्यवद्धता जनाएका हुन ।

चेक गणतन्त्रका प्रधानमन्त्री पित्र फिलाले आफूहरु जेलेन्स्कीको सहासको सम्मान गर्न किभ पुगेको भन्दै जेलेन्स्कीलाई तपाई लडाइमा एक्लो हुनुहुन्न भन्नुभएको जनाइएको छ । यस्तै पोल्याण्डका प्रधानमन्त्री मातेउज मोराविकीले युक्रेनको पराजय सिंगो युरोपको पराजय हुने भन्दै आफूहरु जेलेन्स्कीको साथमा रहेको बताउनुभयो ।

जेलेन्स्कीले पनि तीन छिमेकी देशका प्रधानमन्त्रीको किएभसम्मका यात्रा युक्रेनका लागि शक्तिशाली प्रदर्शन भएको प्रतिक्रिया दिनुभएको छ । उनीहरुबीच रुसमाथि अझै कठोर प्रतिबन्ध लगाउने विषयमा पनि छलफल भएको बताइएको छ । विमानबाट जाँदा रुसी आक्रमणको निशानामा पर्ने डर भएपछि उनीहरु पोल्याण्डको राजधानी वार्साबाट रेल चढेर किभ गएका हुन ।

यसैबीच, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुससँगको शान्ति वार्ता यथार्थपरक बन्दै गएको बताउनुभएको छ । चौथो चरणको वार्ताको विषयमा सामाजिक सञ्जालमार्फत उहाँले वार्ता यथार्थपरक बन्दै गएपनि निकाशका लागि भने समय लाग्ने देखिएको भन्दै युक्रेनी जनताको धैर्यताको प्रशंसा गर्नुभएको छ ।

रुसले युक्रेन नेटोमा संलग्न नहुने ग्यारेन्टी दिनुपर्ने तथा दोनेत्स्क र लुगाङ्स्कमाथिको दावी छाड्नुपर्ने सर्त राखेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४