Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदमा १८७ दिनसम्म एमालेको अवरोध


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १ २०७८
  • 9.6K
    SHARES

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद १८७ दिनसम्म अवरोध गरेको छ । २३ भदौ २०७८ देखि १ चैत २०७८ सम्म निरन्तर संघीय संसदमा अवरोध गरेको हो ।

२३ भदौ २०७८ देखि ११ कात्तिकसम्मको ५१ दिन चलेको अधिवेशनको पूरै अवधि र २८ मंसिर २०७८ देखि १ चैत २०७८ सम्म चलेको अधिवेशनको पुरै अवधि संसदमा एमालेको नारावाजी कायम रह्यो । एमालेले संसद अवरोध गर्नुको कारण हो, पार्टीले १४ जना सांसदलाई निष्कासनको कारबाही गरेकामा सभामुखले समयमै सूचना टाँस नगर्नु ।

१ भदौ २०७८ मा एमालेले माधवकुमार नेपाल सहित १४ जना सांसदलाई पार्टीबाट निष्कासनको कारबाही गरेको थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले तत्काल निर्णय दिएनन् । यता ९ भदौमा निर्वाचन आयोगले माधव नेपाल नेतृत्वमा उनीसहित ती १४ जना सांसदसमेतको सहभागितामा नेकपा (एकीकृत समाजवादी) दर्ता गरिदियो ।

त्यसपछि १३ भदौमा सभामुख सापकोटाले १४ जना सांसदलाई कारबाही गरेको सम्बन्धी एमालेको पत्रबारे केही गर्नु नपर्ने निर्णय दिए । सभामुखले समयमै निर्णय नदिएका कारण आफ्नो पार्टी फुटेको भन्दै एमालेले निरन्तर संसदमा नारावाजी गर्दै आएको हो ।

तर, यो विषय सर्वोच्च अदालतमा पनि छ । १४ सांसदको कारबाही सभामुखबाट अनुमोदन नहुँदा अन्यायमा परेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा रिट दिएका थिए । यो मुद्दामा सर्वोच्चले ५ असोज २०७८ मा सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार ग¥यो । अब २० चैतमा पूर्ण सुनुवाइको मिति तोकिएको छ ।

एमालेले उठाएको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले संसदमा छलफल गर्न नमिल्ने भनी संदबाटै पटक–पटक प्रष्टीकरण दिए ।

तर, एमालेले सभामुखको आग्रह सुनेन र १८७ दिनसम्म संसदमा अवरोध कायमै राख्यो । यसअघि नेकपा एमालेले २०४८ सालपछि निर्वाचित प्रतिनिधिसभा लगातार ५८ दिन संसद अवरुद्ध गरेको थियो ।

एमाले संसदीय दलकी सचेतक शान्ता चौधरी अहिलेको सरकार र सभामुखका कारण १८७ दिनसम्म संसदमा अवरोध गर्नुपरेको बताउँछिन् ।

‘सरकारले हामीसित संसदको अवरोध खुल्ने गरी छलफलमै बस्न चाहेन । सभामुखले पार्टी फुटाउने गरी भूमिका खेलिदिनुभयो । यसकारण हामीले निरन्तर दुईवटै अधिवेशनमा अवरोध गर्नुपर्‍यो’ चौधरीले भनिन् ।

तर, सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल एमालेको अवरोधका कारण नागरिकता जस्तो जनताको प्रत्यक्ष सरोकार जोडिएको विधेयकहरु अगाडि बढाउन नसकिएको बताउँछिन् । ‘प्रमुख विपक्षी दल गैरजिम्मेवार हुँदा संसद कस्तो हुन्छ ? भन्ने प्रश्नको जवाफ मिलेको छ’ एमालेको संसद अवरोधबारे भुसालको टिप्पणी छ ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ पनि एमालेको कारण मुलुकमा समस्या सिर्जना भएको बताउँछन् ।

‘सर्वोच्च अदालतमा विचारधीन विषयमा छलफल नगर्ने संवैधानिक व्यवस्था मान्दिन भनेर अवरोध गरिरह्यो । या गलत हो भन्दा सबैभनदा ठूलो दल हुँ भन्छ’ गुरुङले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४