Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गर्भवती हुन मद्दत पुग्छ भनेर जनावरको काँचो मासु खाने यी महिला


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन ३० २०७८
  • 8.6K
    SHARES

एजेन्सी । अमेरिकाकी एक महिलाले गर्भवती हुन सहयोग पुग्छ भन्दै जनावरको काँचो मासु खान थालेकी छिन् ।

नायिका र गायिका समेत रहेकी ती महिलाको नाम हो–हेइडी मोन्टाग हो । उनलाई प्रायजसो टेलिभिजनमा देखिने भएकाले अमेरिकामा उनको नाम निकै चर्चित पनि छ । उनले काँचो मासु खान थालेपछि थप चर्चा पाएकी छिन् । काँचो मासु स्वास्थ्यका लागि अहितकर मात्रै होइन यसले शरीरमा निकै जोखिम समेत निम्त्याउँछ ,तर हेइडीले आफूले गर्भवती हुन काँचो मासु खाने गरेको र यसले निकै फाइदा हुने दाबी गरेकी छिन् ।

शहाकारी मानिसले काँचै खान हुने हरियो साग सब्जी कहिलेकाही खान्छन् । तर हेइडीले भने काँचो मासु खानुको कारण खुलाउँदै आफ्नो इन्स्टाग्राममा भिडियो समेत सार्वजनिक गरकी छिन् । ३५ वर्षीया हेइडीको ४ वर्षको छोरा छन् । उनी र उनका श्रीमान अर्को बच्चा जन्माउने तयारीमा छन् । तर १८ महिना देखि उनी गर्भवती नभएको कारण उनले काँचो मासु खाजाको रुपमा खाएर केहि फरक उपायहरू अपनाएको बताएकी छिन् । जसले उनलाई धेरै फाइदाहरू दिइरहेको उनको भनाई छ ।
वास्तवमा, हेइडीको पाठेघरको पोलिप्स गत वर्षको अगस्त महिनामा शल्यक्रिया गरेर हटाइएको थियो । त्यसैले उनी आफ्नो प्रजनन क्षमताको बिकास गर्नका लागी अनेक उपायहरू निकाल्ने गर्दछिन् । काँचो मासुमा भएको पोषण तत्वले शरीरमा शक्ति दिने र शरीरको दुखाई कम हुने उनको भनाई छ । उनी घरबाट बाहिर हिड्दा पनि केहि काँचो मासु लिएर निस्कने गरेको बताउँछिन् ।

अमेरिकी एक चिकित्सका अनुसार काँचो कलेजो प्रोटिनका साथै भिटामिन बी , जिंक, फोलेट र आइरन जस्तो पोषक तत्वहरूको राम्रो स्रोत हो । तर, काँचो मासु खानु जोखिमपूर्ण हुन्छ । काँचो मासुमा विषाक्त पदार्थहरु हुन्छन् भने त्यसमा हानिकारक ब्याक्टेरिया पनि हुन्छ ।

कसैले काँचो मासु खायो भने ब्याक्टेरिया उसको शरीरका जान सक्छ र त्यसले गम्भीर प्रकृतिका रोगहरु निम्त्याउन सक्छ । त्यसैले मासुलाई सधैँ पकाएर मात्र खानुपर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४