काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अर्ली इलेक्सनको अब सम्भावना नभएकाे बताउनुभएको छ ।
धनगढी विमानस्थलमा आज (सोमबार) पत्रकारसँग कुराकानी गर्दै उहाँले नेकपा एमालेले संसद चल्न नदिएकाले अर्लि ईलेक्सनको भ्रम फैलाईएको भन्दै त्यो अब सम्भव नभएकाे बताउनुभयो ।संसदको चुनाव नियमित तालिकामै हुने भन्दै दाहालले आगामी ३० वैशाखमा स्थानीय तहको चुनाव घोषणा भईसकेकाले सोही अनुसार प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।
उहाँले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेसलाई पनि संलग्न गराउने सहमति भईसकेको बताउनुभयो ।
एकीकृत समाजवादीका केही मन्त्रीलाई फिर्ता बोलाएर काँग्रेस भित्र्याउने सहमति भएको उहाँको तर्क छ ।