Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युक्रेनको राजधानी कीभ कब्जा गर्न अघि बढिरहेको रुसी सेना र युक्रेनी सेनाबीच भीषण युद्ध


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २९ २०७८
  • 3.9K
    SHARES

एजेन्सी । रुसले युक्रेनको राजधानी कीभ कब्जाको लागि गरिरहेको लडाई अन्तिम चरणमा पुगेको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसी सेनाले कीभलाई तीन तर्फबाट घेरेको छ । कीभ कब्जाका लागि अघि बढिरहेको रुसी सेनालाई युक्रेनी सेनाले हिम्मत नहारी रोक्ने प्रयास गरिरहेको छ । अहिले रुसी र युक्रेनी सेनाबीच भीषण युद्ध भइरहेको पनि संचारमाध्यमहरुले जनाएका छन् । अब जुनसुकै बेला पनि लडाइँ कीभमा प्रवेश गर्न सक्नेछ ।

रुसले युक्रेनमाथि हमला गरेको आइतबर १८ दिन पुगेको छ । रुसले युक्रेनमा धेरै जसो संरचनाहरु ध्वस्त पारेको छ । तर पनि युक्रेनी सेनाले हार भने मानेको छैन । कीवलाई रुसी सेनाले युद्ध ट्यांकले घेरेका छन् । कीव कब्जाका लागि अघि बढेको रुसी सेनाले युक्रेनमा धेरैजसो शहर कब्जामा लिएको छ । सबैतिर विस्फोटका अवाजका कारण युक्रेनी नागरिकमा डर र त्रास बढेको छ । १५ लाख भन्दा बढि युक्रेनका नागरिक युद्धबाट जोगिन छिमेकी मुलुकहरुमा शरण लिन पुगेका छन् ।

रुसले सबैतिर आक्रमणको निसाना बनाएपछि युक्रेनमा महिला बालबालिका र बृद्धबृद्धाको अवस्था निकै गम्भीर बनेको छ । रुसले युक्रेनको मारिउपोल शहर कब्जामा लिएपछि त्यहाँका मानिसहरु थारै खाना र पानी बीना दिन र रात काट्न बाध्य भएका छन् । युद्धका कारण पानी र बिजुलीको लाइन ध्वस्त भएका छन् ।

कीभमा ठूलो आक्रमणको लागि रुसी सेना तयार अवस्थामा बसेको छ । रूसी सेनाले किभ नजिकैको एउटा गाउँ खाली गर्न महिला र बालबालिका माथि गोली हानेको र त्यसमा सात जनाको मृत्यु भएको युक्रेनले बताएको छ । युक्रेनका सबै शहरहरुमा युद्धको साइरन बजेको संचारमाध्यमहरुले जनाएका छन् ।

अहिलेसम्म रुसले युक्रेनमाथि आक्रमण गर्दा युक्रेनका १३ सय सेनाको ज्यान गएको छ भने धेरै नागरिकाको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४