Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्थानीय तह निर्वाचनका लागि सम्पूर्ण शक्ति परिचालन गर्ने एकीकृत समाजवादीको निर्णय


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २६ २०७८
  • 6.9K
    SHARES

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीको सम्पूर्ण शक्तिलाई परिचालन गर्ने निर्णय गरेको छ ।

बिहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्तिलाई परिचालित गर्ने निर्णय गरेको हो ।

बैठकले निर्वाचनमा पार्टीको शक्तिलाई परिचालित गर्नेगरी कार्ययोजना पारित गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो । त्यसैगरी एमसीसीको विपक्षमा रहेका मतलाई पार्टीको बौद्धिक सम्पतिको रुपमा राखी आवश्यकता अनुसार आगामी दिनमा छलफल गर्ने र अहिले भने केन्द्रीय कमिटी बैठकले गरेको निर्णयलाई स्वीकार गरि अघि बढ्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

बैठकले १५ बुँदे समसामयिक प्रस्ताव पनि पारित गरेको छ । विश्वका विभिन्न देशहरुमा युद्ध भइरहेको प्रति एकीकृत समाजवादीले खेद प्रकट गर्दै आक्रमणमा परेकाहरुप्रति सहानुभुति प्रकट गरेको छ । पेट्रोलियम पद्धार्थमा भएको मुल्यवृद्धिले जनताको जनजिवन कष्टकर बनेकाले सरकार सँग दैनिक उपभोग्य बस्तुको मुल्यवृद्धि नियन्त्रण गर्न माग गरिएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

सुकुम्बासी समस्या समाधान आयोगले सही सुकुम्बासीको यथाशीघ्र पहिचान गरी प्रभावकारी ढंगले दिर्घकालीन समाधानको पहल गर्न पनि समाजवादीले आव्हान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४