Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतका पाँच राज्यमा मतगणना जारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २६ २०७८
  • 6.8K
    SHARES

काठमाडौं । भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको मतगणनाको प्रारम्भिक परिणाम आउन थालेको छ ।

गत महिना सम्पन्न निर्वाचनको आज बिहानदेखि मतगणना सुरू भएको हो ।प्रारम्भिक मतपरिणामले भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशमा भारतीय जनता पार्टी फेरि भारी बहुमततर्फ अग्रसर देखिएको छ । उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथको जादु चलेको विश्लेषण भइरहेको छ । भाजपालाई अखिलेश यादव नेतृत्वको समाजवादी पार्टीले पछ्याइरहेको छ भने अन्य दल निकै पछि छाडिएका छन् । ४०३ सिट रहेको उत्तर प्रदेशमा बहुमतका लागि २०२ स्थान जित्नुपर्छ ।

उता, पञ्जाबमा भने दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको आम आदमी पार्टीले फराकिलो अन्तरले बहुमत ल्याउने देखिएको छ । पञ्जावमा सत्तारुढ कांग्रेस पार्टीलाई पछि पार्दै आप अघि बढेको हो ।

यस्तै, मतगणना भइरहेका राज्यहरु उत्तराखण्ड, गोवा र मणिपुरमा पनि भारतीय जनता पार्टी नै बहुमततर्फ अघि बढेको छ । उत्तर प्रदेशमा भाजपाको पुनः जीत र पञ्जावमा आम आद्मीको उदयले भारतीय राजनीतिमा महत्वपूर्ण अर्थ राख्ने विश्लेषण गरिँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४