Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २५ २०७८
  • 6.1K
    SHARES

काठमाडौं । दक्षिण कोरियामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान भईरहेको छ ।

विभिन्न काण्डहरुको चर्चाका बीच नयाँ राष्ट्रपति चयनका लागि कोरियालीहरु मतदानमा सहभागी भएका छन् ।उत्तर कोरियाबाट आईरहेको आणविक धम्की, देशभित्र जन्मदरको न्युन अवस्था, आवासको बढ्दो मूल्य र समाजमा बढ्दो असमानता नयाँ आउने नेतृत्वका लागि चुनौतीको रुपमा रहनेछन् ।

राष्ट्रपति मुन जे इनको स्थान लिएर एशियाको चौथो ठूलो अर्थतन्त्र भएको देशको नेतृत्व लिनका लागि सत्तारुढ डेमोक्रेटिक पार्टीका ली जे म्योङ र विपक्षी पिपुल्स पावर पार्टीका युन सुक योलबीच चर्को प्रतिष्पर्धा देखिएको छ ।

मत सर्वेक्षणहरुले म्योङ भन्दा युनलाई अगाडि देखाएका छन् । पूर्व महाअभियोजक रहेका युनले भ्रष्टाचार विरुद्ध कठोर कदम चाल्ने, उत्तर कोरियासँग पनि कठोर नीति लिने जस्ता नारा अघि सारेका छन् ।

दुई जना पूर्व राष्ट्रपति र सामसङ कम्पनीका प्रमुखलाई भ्रष्टाचार मुद्दामा जेल पठाउन सफल युनको लोकप्रियता अलि बढी नै देखिएको छ । यस्तै, मजदुरबाट उठेर मानवअधिकार अभियन्ताको परिचय बनाएका सत्तारुढ पार्टीका उम्मेदवार लीले अहिलेको समस्या समाधानका लागि तल्लो तहबाट उठेको ब्यक्ति आवश्यक हुने तर्क गर्दै आउनु भएको छ ।

नयाँ निर्वाचित हुने राष्ट्रपतिको भोलिदेखि कार्यकाल सुरू हुने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४