Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टी प्लस टुमा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही हुन्छ : बोर्ड अध्यक्ष हमाल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २३ २०७८
  • 5.8K
    SHARES

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले टी प्लस टुमा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही गर्ने बताउनुभएको छ ।

बोर्डले सोमबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष हमालले ब्रोकरहरुले लगानीकर्तालाई पैसा नदिने र अन्यत्र लगानी गर्ने गरेको पाइए तत्काल कारबाही गर्ने बताउनुभएको हो । साना लगानीकर्ताको हितमा बोर्डले काम गर्नुपर्ने अबको आवश्यकता भएको अध्यक्ष हमालको भनाई छ । लगानीकर्तालाई लागत बढी परिरहेको स्वीकार्दै उहाँले शुल्क घटाउने विषयमा अध्ययन गर्ने आश्वासन दिनुभयो । उहाँले कुनै पनि इन्साइडर ट्रेडिङ गरेको प्रमाणित भए तत्काल कारबाही गर्ने प्रतिवद्धता जनाउनुभयो ।

हमालले धेरै नाफा कमाउने रियल स्टेट कम्पनीहरुलाई बुक विल्डिङबाट आईपीओ जारी गर्न दिएर पुँजी बजारमा ल्याउने बताउनुभयो । उहाँले नेपालमा १२ सयभन्दा धेरै सरकारलाई राजश्व तिर्ने कम्पनीहरु नै नेप्सेमा सुचिकृत नभएकाले त्यस्ता कम्पनीलाई नेप्सेमा समावेश गर्न बोर्डले सहजीकरण गर्ने योजना रहेको बताउनुभयो । ठूला कम्पनीहरु नेप्सेमा समावेश भए लगानीकर्ताको जोखिम कम हुने उहाँले बताउनुभयो ।

हमालले वित्तीय साक्षरता बढाउन क्यापिटल मार्केट सेन्टर नै खोल्ने तयारीमा बोर्ड लागेको जानकारी दिनुभयो । उहाँले विदेशमा रहेका नेपालीलाई आइपीओमा आरक्षण दिने विषयमा अध्ययन भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४