Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाकिस्तानको पेशावरमा आत्मघाती आक्रमण, ३० जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २० २०७८
  • 10.9K
    SHARES

काठमाडौं । पाकिस्तानको पेशाबरस्थित एक मस्जिदमा आज आत्मघाती आक्रमण हुँदा ३० जनाको मृत्यु भएको छ ।

आक्रमणमा परेर ५० जना घाइते भएका छन् । पाकिस्तानी संचारमाध्यम ‘जियो न्यूज’का अनुसार शुक्रबार मानिसहरु प्रार्थना (नमाज) गरिरहेका बेला उक्त आक्रमण भएको थियो ।

घाइते ५० जनामध्ये १० जनाको अवस्था गम्भीर रहेको पनि पाकिस्तान प्रहरीले जनाएको छ । घटनाको अहिलेसम्म कुनै पनि आतंककारी संगठनले जिम्मा नलिएको पनि जनाइएको छ । पेशावर प्रहरीका अनुसार मानिसहरु नमाज पढिरहेका बेला दुइजना व्यक्तिले मस्जिदभित्र प्रवेश गर्ने कोसिस गरेका थिए । उनीहरुलाई रोक्न खोज्दा प्रहरीमाथि आक्रमण गरेका थिए ।

त्यसपछि मस्जिदमा विस्फोट भएको थियो । सो आक्रमणको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले निन्दा गर्नुभएको छ ।
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४