काठमाडौं । २० फागुन शुक्रबारको दिन तय भएको नेपाल सुपर लिग (एनएसएल) काे अक्सन राेक्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टलाई आग्रह गरेको छ ।
एन्फाले बिहीबार क्लबहरुसंगकाे छलफलपछि तत्कालका लागि अक्सन राेक्न आयोजकलाई पत्र पठाउँदै आग्रह गरेकाे एन्फाका महासचिव इन्द्रमान तुलाधरले जन प्रहार डटकम लाई बताए ।
क्लबहरुकाे पत्र पाएपछि हामीले एनएसएल आयाेजकसंग छलफल गर्यौं । उहाँहरु पनि सबै कुरामा खुला हुनुहुन्छ । अनि क्लबहरुसंग पनि छलफल गर्यौं । क्लबकाे छलफलपछि अक्सन राेक्न माग भयाे र आयाेजकलाई राेक्न पत्र पठाएका छाैँ’ तुलाधरले भने ।
एनएसएल आयाेजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टका सीईओ सुदीप शर्माले भने सबै तयारी भइसकेकाले अक्सन नराेकिने बताए ।
