उनले अघिल्लो निर्वाचनमा ढिलो गरेर चुनाव चिह्न पाएको तथा उपमहानगरपालिका कतिपय क्षेत्र नयाँ भएकाले पराजय व्यहोर्नु परेको उल्लेख गर्दै गोपाल हमाललाई नभएर धनगढीलाई जिताउनुु आहृवानसमेत गरे । आफूले चुुनाव जितेपछि कुनै किसिमको लाभ नलिने र भ्रष्टाचारलाई नियन्त्रण गर्ने दाबी उनको छ । ‘म साझा व्यक्तिको रुपमा भएकाले सबैलाई न्याय गर्नेछु । मेयरको लाभ लिदैन, भन्नुुको अर्थ भ्रष्टाचार हुन दिदैन, बेथिति हुन दिदैन, भ्रष्टाचार प्रवृत्तिलाई कल्याणकारी प्रवृत्तिमा परिणत गर्छु,’ हमाले भने ।
उनले धनगढीको विकास अहिलेलाई नभएर ५० वर्ष पछिका लागि हुने गरी योजना सञ्चालन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै निर्वाचनमा सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।
हमालसँगै अन्य चार जनाले पनि स्वतन्त्र उम्मेदवारका रुपमा वडाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
धनगढी उपमहानगरपालिका-४ को वडाध्यक्षमा सिद्धराज पनेरु, वडानम्बर ५ को वडाध्यक्षमा पदमराज भट्ट, १४ को वडाध्यक्षमा यम लामिछाने मगर र १५ को वडाध्यक्षमा कमलबहादुर ढाँटले उम्मेदवारी घोषणा गरेका छन् । वडाध्यक्षमा उम्मेदवारी घोषणा गरेका चार जना पनि विवेकशील साझा पार्टीमा क्रियाशील छन् ।
