Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कच्चा तेल २०१३ यताकै उच्च, ३ करोड ब्यारेल तेल निष्कासन गर्दै अमेरिका


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १८ २०७८
  • 11.1K
    SHARES

एजेन्सी । रुसले युक्रेनमा आक्रमण थालेपछि विश्वभर कच्चा तेलको मूल्य सन् २०१३ यताकै उच्च भएको छ ।

अहिले कच्चा तेलको मूल्य प्रतिब्यारेल ११० अमेरिकी डलर नजिक पुगेको छ । चर्को मूल्य वृद्धि र युद्धका कारण बढेको आपूर्ति समस्यालाई नियन्त्रण गर्न अमेरिका र यसका सहयोगी राष्ट्रहरूले रिजर्भमा रहेको तेल निष्कासन गर्ने भएका छन् ।अमेरिका र अन्तर्राष्ट्रिय उर्जा एजेन्सीमा आवद्ध अन्य राष्ट्रहरूले भण्डारणमा रहेको ६ करोड ब्यारेल तेल बजारमा ल्याउने निर्णय गरेका हुन् । अमेरिकाले मात्रै रिजर्भबाट ३ करोड ब्यारेल तेल निष्कासन गर्ने भएको छ ।

बाँकी ३ करोड ब्यारेल भने जर्मनी, बेलायत, इटाली, जापान, कोरियालगायत अमेरिकाका युरोपेली र एसियाली सहयोगी राष्ट्रहरूले निष्कासन गर्नेछन् ।

निष्कासन हुन लागेको ६ करोड ब्यारेल तेल अन्तर्राष्ट्रिय उर्जा एजेन्सीका सदस्य राष्ट्रहरूसँग रहेको कुल आपतकालीन भण्डारणको ४ प्रतिशत भएको बताइएको छ । यी देशहरूसँग १ दशमलव ५ अर्ब ब्यारेल तेल आपतकालीन भण्डारणमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४