Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदलाई अर्थमन्त्रीको वचन : व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याउँछु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १५ २०७८
  • 6K
    SHARES

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसीबारे उठेको प्रश्नमा व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याउने बताएका छन् ।

नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको सम्झौतामाथि संसदमा भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री शर्माले एमसीसीबारे उठेको बहस, नेपाली जनताको चासो र चिन्ताबारे सरकारको ध्यानाकर्षण भएको बताए ।

उनले अघि भने, ‘यी सबै प्रश्न, हाम्रो देशको अवस्था समेतका आधारमा अन्तराष्ट्रिय कानुनको सिद्धान्त र नेपालको कानुनमा भएको व्यवस्थाअनुसार व्याख्यात्मक घोषणा तयारी पारी सरकारको तर्फबाट प्रस्तुत हुने स्पष्ट पार्न चाहन्छु ।’ नेपाल सैन्य रणनीतिको हिस्सेदार हुन नसक्ने भन्दै उनले व्याख्यात्मक घोषणाले आम जनतामा उठेका प्रश्नको जवाफ दिने बताएका छन् ।

लगत्तै संसदले सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव ध्वनि मतका आधारमा पास भएको छ । अहिले संसद आधा घण्टाका लागि स्थगित भएको छ । अब बस्ने बैठकमा सरकारले व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याउने र एमसीसीसँग अनुमोदन गर्ने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४