काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी एउटा सामान्य अनुदान सम्झौता हो त्यसलाई अनावश्यक गिजोले बादरले झैं घाउ बनाएको बताउनुभएको छ ।
आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष भट्टराईले एमसीसी एउटा सामान्य अनुदान सम्झौता हो त्यसलाई अनावश्यक गिजोले बादरले झैं घाउ बनाएको बताउनुभएको हो ।
उहाँले -‘यो एउटा अनुदान मात्र थियो तर गिजोलेर यस्तो बनाइयो, बाँदरको सानो घाउ जस्तै कन्याउँदा कन्याउँदा क्यान्सरको डर भयो’, भन्नुभयो ।