Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमसीसीसँग सम्बन्धित सबै दस्तावेज अध्ययनका लागि संसदमा पेस हुनुपर्छ : झलनाथ खनाल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १५ २०७८
  • 6.5K
    SHARES

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी सम्झौतासँग सम्बन्धित सबै दस्तावेज संसदमा पेस गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री खनालले एमसीसी सम्झौतामा आपत्तिजनक प्रावधानहरु रहेकाले ति बुँदाहरुको संशोधन र परिमार्जन बिना संसदबाट पारित गर्न नसकिने बताउनुभएको हो । सम्झौतामा सच्याइएको कुराहरु सम्झौताको अभिन्न अंग हुने कुराको सुनिश्चितता भएमात्रै अनुमोदन हुनसक्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘यो अनुमोदनको कुरो आफैँ नाटक जस्तो मात्रै नहोस् । त्यसो भएको हुनाले हामीले संशोधन गर्ने प्रक्रिया यो सम्झौतामा राखिएको छ, त्यो प्रक्रियालाई पनि बन्द गर्नुपर्ने हुन्छ । हामीले जसलाई अनुमोदन गर्छौ त्यो अनुमोदन गरेर कहीँ संशोधन गर्नुपर्ने भयो भने दुईवटा देशको सरकारहरुले समझदारी गरेर मात्रै संशोधन गरेर गर्ने कुरा हुनुपर्छ । एकतर्फी रुपले एमसीसीले चाहेमा संशोधन गर्ने कुराहरु राख्ने हो भने यो अनुमोदनको कुनै अर्थ हुने छैन ।

यसमा भएका जतिपनि आपत्तिजनक बुँदाहरु, प्रावधानहरु, धारा, उपधाराहरु छन्, ति सम्पूर्ण उपधाराहरुलाई सच्याउने ढंगले र सच्याइएको कुरालाई हाम्रो सहमती, सम्झौताको अभिन्न अंग हुन्छ भन्ने कुराको सुनिश्चितता गरेर मात्रै हामी यसलाई अनुमोदन गर्ने दिशातर्फ अगाडी बढ्न सक्छौँ । अन्यथा यथास्थितिमा नो एमसीसी । म फेरीपनि भन्न चाहान्छु नो एमसीसी यथास्थितिमा । हामी यथास्थितिमा एमसीसीलाई परित गर्ने पक्षमा छैनौँ । यसको व्यापक संशोधन, परिमार्जन, परिष्कार आदि गरेर त्यसको सुनिश्चितता भयो भने त्यो अवस्थामा हामीले सोच्न सकिने कुरा हुन्छ ।’

पूर्वप्रधानमन्त्री खनालले एमसीसी सँग भएको सम्झौताको सबै प्रक्रियाहरुको बारेमा सांसदहरुले जान्न र छलफल गर्न पाउनुपर्ने बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्ष दलको अवरोधका बिचमा छलफल भइरहेको भन्दै वेलमा शान्ति स्थापना गरेर छलफल गरे मात्रै छलफल सार्थक हुने बताउनुभयो ।

उहाँले एमसीसी अध्ययनको वातारण हुनुपर्छ र एमसीसीबारे संसदमा राम्रो अध्ययन नभए ‘नो एमसीसी’ भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४