काठमाडौं । अमेरिकाको लस एन्जलसका बस्ने ट्रान्सजेन्डर पुरुष बेनेट कास्पर विलियम्सले एक बच्चालाई जन्म दिएका छन् ।
बेनेट भन्छन्,‘हामिले मातृत्वको सर्तमा नारीत्वलाई परिभाषित गर्न बन्द गर्नुपर्छ । महिलाले मात्रै बच्चा जन्माउन सक्छन् भन्नु गलत उपमा हो’। बेनेट गर्ववती हुँदा नर्सले उनलाई आमा भनेर बोलाउँदा मन नपरेको बताएका छन् ।बेनेटले एक अन्तर्वार्तामा आफू आमा बनेको कुरा सेयर गरेका छन् । बच्चा जन्माउने प्रत्येक आमा नहुने उनको तर्क छ । ३७ वर्षका बेनेट पुरुष भएतापनि नर्सले उनलाई आमा भनेर बोलाउन जिद्दी गरेकी थिइन् । तर नर्सको सो भनाई उनलाई मन परेको थिएन् ।
जब बेनेट २० वर्षका भए र उनमा परिवर्तनको प्रक्रिया विस्तारै सुरुभयो । त्यसपछि उनलाई थाहा भयो कि आफू ट्रान्सजेन्डर भएको, यसैबिच सन् २०१७ मा उनको भेट मलिकसँग भयो । बेनेटले मलिकसँग सन् २०१९ मा विवाह गरेका थिए ।
त्यसपछि दुवैले बच्चा जन्माउने निर्णय गरेका हुन् । बच्चा जन्माउनका लागि उनीहरुले विकल्पहरु खोजेका थिए । जसका लागि बेनेटले टेस्टोस्टेरोन हर्मोन थेरापी बन्द गर्नुपरेको थियो । जुन उनले विगत केही वर्षदेखि आफ्नो अण्डाशाय गर्न सक्षम बनाउनको लागि गरिरहेका थिए ।
सन् २०१५ मा बेनेटले एक शल्यक्रिया गरेर स्तन बाहिर निकालेका थिए । जसमा उनको करिब ६ लाख भन्दा बढि खर्च भएको थियो । तर, यसले उनको प्रजनन प्रणालिमा कुनै असर परेको छैन । उनले निर्णय गरे उनी गर्वधारण गर्नका लागि सहज छन् । त्यसपछि बेनेटले गर्वधारण गरेका हुन् ।
बेनेटले सिजेरियन सेक्सन मार्फत छोरालाई जन्म दिएका हुन् । बेनेटले छोराको नाम हटसन राखेका थिए । हटसन झन्डै डेढ वर्षका भईसकेका छन् ।
बेनेट आफ्नो स्तनलाई लिएर धेरै दुखित समेत भएकाथिए । त्यसैले स्तन हटाउने निणर्य गरेका थिए । उनलाई आफ्नो शरिरको अंग गुमाउँदा समेत केही नराम्रो नलागेको बताएका छन् ।
सो शल्यक्रियाबाट धेरै राहत मिलेको बेनेट बताउँछन् ।