Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१७८ किलोकी यी महिलाले घटाइन् १०८ किलो तौल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १४ २०७८
  • 5.9K
    SHARES

काठमाडौं । अमेरिकामा बस्दै आएकी ‘चेसी मे’ नामकी महिला सामाजिक सञ्जालमा निकै चर्चित छिन् । वास्तवमा उनको शरिरको तौल घटाउदा छाला तन्किएको देखिएका कारण सामाजिक सञ्जालमा चर्चा भएको हो । उनको टिकटकमा २ लाख ३० हजार भन्दा धेरै फलोअर्स रहेका छन् ।

बेलायती पत्रिका ‘द सन’ का अनुसार उनी हरेक दिन सामाजिक सञ्जालमा आफ्नो तस्वीरहरु सेयर गर्ने गर्छिन् । डिसेम्बर २०१९ मा उनले बेरियाट्रिक स्लिभ शल्यक्रिया गराएकी थिइन् । शल्यक्रिया हुनुभन्दा पहिला उनको तौल १ सय ७८ किलो थियो भने अहिले उनको तौल ७० किलो मात्र रहेको छ । उनले आफ्नो शरिर रुपान्तरणको तस्वीर सार्वजनिक गरेकी छिन् । उनको तौल घटाएको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

तौल धेरै बढेपछि आफ्नो मानसिक स्वास्थ्यमा पनि असर परेको उनी बताउँछिन् । आफ्नो मानसिक स्वास्थ्य दिनदिनै बिग्रिन थालेपछि खानादेखि रिसाउन थालिन् । उनको खानाको बारेमा निकै खराब बानी पनि थियो ।

अब उनी आफ्नो तौल घटेर तन्किएको छालालाई हटाउन चाहान्छिन् । त्यसका लागि उनी पैसा जम्मा गर्दैछिन् । यसका लागि उनले गो फन्ड मी मा अभियान पनि चलाइकी छिन् । यस शल्यक्रियाका लागि करिब १२ लाख रुपैयाँ जम्मा गर्नु उनको लक्ष्य रहेको छ । उनलाई धेरैले मद्दत पनि गरेका छन् ।

डाक्टरहरुका अनुसार उनको झोलिएका छाला हटाउनको लागि कमसेकम ३ पटक शल्यक्रिया गर्नुपर्ने छ । यस वर्ष जनवरीमा उनले एक चिकित्सकलाई पनि भेटिन जसले उनलाई शल्यक्रिया सम्बन्धित धेरै कुराहरु बताए । चिकित्सकले पहिला प्यानिक्युलेक्टोमी नामक शल्यक्रिया गरिने बताएका छन् । जसले तन्किएको छालालाई हटाउने छ । यो शल्यक्रिया करिब ५ घण्टा सम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४