पुष्कर खड्का
रामेछाप । दोलखाको कालिञ्चोक गाउँपालिकाका एक युवकलाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कालिञ्चोक गाउँपालिका वडा नम्बर २ का २२ वर्षिय मिलन भनिने जुनतारा तामाङलाई दोलखा प्रहरीले सशस्त्र प्रहरीको नक्कली परिचय पत्र सहित पक्राउ गरेको हो ।
तामाङलाई भीमेश्वर नगरपालिका वडा नम्बर ३ स्थित भालुखोलाबाट प्रहरीले फागुन १० गते साँझ पक्राउ गरी आज सार्वजनिक गरेको दोलखाका प्रहरीेले जनाएको छ।
दोलखा प्रहरीले दिएको जानकारी अनुसार तामाङले सशस्त्र प्रहरीको नक्कली परिचय पत्र सहित आफु सशस्त्र प्रहरी भएको र ब्युरोबाट खटिई आएको बताउने गरेका उनलाई विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिनुभयो ।
निरीक्षक कोइरालाले दिएको जानकारी अनुसार तामाङको साथबाट सशस्त्र प्रहरी सहायक निरिक्षक जुनतारा तमाङ नाम गरेको परिचय पत्र तथा नेम जुनतारा मोक्तान ( तामाङ ) एसआई सिआईबी, कार्ड नः १११८०१९ उल्लेख भएको कार्ड समेत बरामद भएको बताउनु भयो।
पक्राउ परेका तमाङमाथि प्रहरीले लिखत सम्बन्धी कसुरमा मुद्धा दर्ता गरि अनुसन्धान सुरु गरेको दोलखा प्रहरीले जनाएको छ।
