Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारले भन्यो, ‘युक्रेनमा भएका नेपाली स्वदेश फर्कनू’


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन ११ २०७८
  • 10.8K
    SHARES

काठमाडौं । सरकारले अत्यावश्यक बाहेकको अवस्थामा युक्रेनमा भएका नेपाली नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार ट्राभल एड्भाइजरी जारी गर्दै वर्तमान अवस्थाको मूल्याङ्कन गरेर उपलब्ध व्यवसायिक उडान मार्फत स्वदेश फर्कन आग्रह गरेको हो । उसले अत्यावश्यक काम नपरी त्यहाँको भ्रमण नगर्न पनि अनुरोध गरेको छ ।

पराष्ट्र मन्त्रालयले भनेको छ, ‘युक्रेनमा रहनुभएका नेपाली नागरिकहरूले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गर्नुभइ अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलव्ध व्यवसायिक हवाइ उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालय अनुरोध गर्दछ। साथै, अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न समेत अनुरोध गरिन्छ।’

बर्लिन स्थित नेपाली दूतावासले युक्रेनलाई समेत हेर्दै आएको छ । बर्लिन दूतावासको सम्पर्कमा युक्रेनमा रहेका कम्तीमा ३८ जना नेपाली आएको र उनीहरू सबै सकुशल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

युक्रेनमा रहेका नेपाली नागरिकलाई आवश्यक परेको अवस्थमा जर्मनीको बर्लिनस्थित नेपाली दूतावासमा सम्पर्क गर्न पनि परराष्ट्रले आग्रह गरेको छ ।

रुसले युक्रेनको दक्षिणपूर्वी क्षेत्रका दुई भागलाई सोमबार स्वतन्त्र राज्यको मान्यता दिएर त्यहाँ ‘शान्ति स्थापना’ का लागि आफ्ना सैनिक पठाउने निर्णय गरेसँगै अवस्था अन्योलग्रस्त भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४