काठमाडौं । आइसीसी टी-२० विश्वकप छनोटकाे निर्णायक खेलमा नेपाल र यूएईबीच खेल हुँदैछ ।
ओमानको अल अमेरात रंगशालामा नेपालले टस हारेर पहिले फिल्डिङ गर्दैछ ।
विश्वकप छनोट ग्लोवल क्वालिफायर ए अन्तर्गत सेमिफाइनल चरणको यो खेल जितेमा नेपालले २०२२ को अक्टोबर/नोभेम्बरमा हुने टी-२० विश्वकप खेल्न पाउनेछ।
