Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमसीसी संसदमा जाम भएर बस्दैन : स्वास्थ्यमन्त्री खतिवडा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन ९ २०७८
  • 6.9K
    SHARES

वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा धेरै समय नरोकिने बताएका छन् । संसद बैठकमा पेश भइसकेपछि छलफल हुने र छिटै पास/फेलको टुंगो लाग्ने उनले बताए । सोमबार वीरगञ्जको नारायणी अस्पताल परिसरमा विशिष्ट हृदयरोग उपचार भवन (क्याथ ल्याब), आकस्मिक भवन र कोभिड–१९ उपचार भवनको शिलान्यास गर्दै मन्त्री खतिवडाले एमसीसीमा संसदको बहुमतले जे निर्णय दिन्छ त्यही स्वीकार हुने बताए ।

‘संसदमा बहस, छलफलका लागि गएको छ । बहुमतले जे निर्णय दिन्छ, त्यही नै पारित गर्छ । मत राख्ने, या त सर्वसम्मत गर्ने, सर्वसम्मत हुन सकेन भने पांग्रा जाम भएर बस्दैन । …चाहे कुनै दल होस् वा संघ संस्था अन्तिम निर्णय गर्ने तरिका बहुमतको निर्णय मान्ने हो’ उनले भने ।

सरकारले एमसीसी सम्झौता अनुमोदनका लागि आइतबार संसद बैठकमा पेश गरेको थियो । तर, एमसीसी संसदमा पेश हुँदा प्रमुख विपक्षी दलले रोष्ट्रममा नाराबाजी गरिरहेको थियो भने सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका कतिपय सांसदले विरोध जनाएका थिए ।

मन्त्री खतिवडाले एमसीसी सम्झौताका विषयमा राजनीतिक दल र सर्वसाधारणमा फरक फरक मत हुनु स्वाभाविक भएको बताए ।

‘सन्धि सम्झौताका विषयमा, सरकार र पार्टीहरूले गरेका निर्णयका विषयमा समाज विभाजित हुनु, विभिन्न मत आउनु, पार्टीपिच्छे मत भिन्दै हुनु र नागरिक पिच्छेको राय हुनु अनौठो कुरो होइन’ उनले भने, ‘हामीले आ–आफ्नो मत जाहेर गर्नु पनि पर्छ । तर, मेरो मत नमान्ने हो भने आगो बालिदिन्छु, मोसो दलिदिन्छु्, आफ्नो मत नमानेको भनेर अर्कोलाई ठोक्ने अधिकार कसैलाई छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४