७२ औं प्रजातन्त्र दिवसको अवसरमा मन्थली नगरपालिका–१० इकार्इले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति तामाङले एमाले र माओवादीले लिन मात्र जानेको तर दिन केही नजानेको आरोप लगाए । उनले गत प्रतिनिधिसभाको निर्वाचनमा आफू पराजित भएपनि घोषणा गरेको बाचा अनुरुपको काम गरिरहेको बताए ।
