Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फाइनल जस्तै रेलिगेसन ब्याटल : गर या मरको अवस्थामा फ्रेण्ड्स र च्यासल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन ७ २०७८
  • 4.9K
    SHARES

 काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि १२औं चरणको खेलहरू सुरु हुनेछ । जसको पहिलो खेलमा फ्रेन्ड्स क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यी दुई टोली रेलिगेसनबाट जोगिन संघर्षरत छन् । त्यसैले त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मैदान उत्रँदा दुवैको लागि यो खेल गर या मरको अवस्थामा हुनेछ ।

लिगको उपाधि मछिन्द्रले पक्का गरिसकेको अवस्थामा अब बाँकी दुई चरणमा यस्तै रेलिगेसन ब्याटलका खेलहरू महत्वपूर्ण रुपमा रहेका छन् ।

फ्रेन्ड्स र च्यासलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । दुवैको लागि यो खेल फाइनल सरह छ । च्यासल जम्मा ६ अंक जोडेर पुछारमा छ भने एक अंक बढी रहेको फ्रेण्ड्स १२औं स्थानमा छ ।

आजको खेलमा एउटा के तय हुनेछ भने यदि च्यासल फ्रेण्ड्ससँग पराजित भएमा अन्तिम खेल खेल्नुअघि नै रेलिगेसनमा पर्ने पहिलो टोली बन्नेछ ।

च्यासल पराजित हुँदा फ्रेण्ड्को १० अंक हुनेछ । यस्तोमा च्यासलले अन्तिम खेल जिते पनि फ्रेण्ड्सलाई उछिन्न सक्ने छैन । रेलिगेसन जोनको अर्को टोली ब्रिगेडको पनि ७ अंक छ र १३औं स्थानमा छ ।

फ्रेण्ड्स र च्यासल बराबरी भएमा दुवै टोलीलाई घाटा हुनेछ र त्यसको फाइदला ब्रिगेडले उटाउन सक्नेछ ।

यदि च्यासलले फ्रेण्ड्सलाई हराएमा रेलिगेसन जोनबाट सुरक्षित स्थानमा पुग्नेछ र फ्रेण्ड्सलाई रेलिगेसनको दबाबमा हुनेछ ।

च्यासलसँग हारेमा फ्रेण्ड्सले अन्तिम खेलमा हिमालयन शेर्पालाई हराएर मात्र पुग्दैन अन्य खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ । त्यसैले च्यासल र फ्रेण्ड्स दुवैका लागि आजको खेल ए डिभिजनमै टिक्नका लागि निकै महत्वपूर्ण हुनेछ ।

अघिल्लो खेलमा ब्रिगेडसँग बराबरीमा रोकिएपछि च्यासलका टेक्निकल डिरेक्टर लेघ मानसनले यो खेल फाइनल जस्तै हुने बताएका थिए । उनको अर्थ जित्ने टिम ए डिभिजनमै रहने सम्भावना रहँदा हार्ने टिम लगभग बी डिभिजन घटुवा पर्नेछ ।

यस्तै दोस्रो खेलमा च्याम्पियन बनिसकेको मछिन्द्र एफसीले थ्रीस्टार क्लबसँग खेल्नेछ । यो खेल दशरथ रंगशालमा ४:४५ बजे सुरु हुनेछ । मछिन्द्रले उपाधि पक्का गरेपछि पहिलो खेल खेल्न लागेको हो ।

उपाधि पक्का भइसकेकोले यो खेलको त्यति अर्थ नहुन सक्छ । तर मछिन्द्रका प्रशिक्षक प्रवेश कटवालले बाँकी खेलमा पनि अपराजित रहँदै लिगको ट्रफी उठाउने लक्ष्य बताइसकेका छन् । त्यसैले मछिन्द्र हार्न चाहँदैन । ११ खेलसम्म अपराजित लिडर मछिन्द्रको २९ अंक छ । थ्रीस्टार ११ खेलबाट १८ अंकसहित चौथो स्थानमा छ ।

थ्रीस्टारको लागि पनि मछिन्द्रलाई हराउन सकेन दोस्रो स्थानमा उक्लेन अवसर हुनेछ । शीर्ष तीनमा लिग सकाउ थ्रीस्टारलाई जितको आवश्यकता छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४