Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हेर्दा हेर्दै सार्कले निल्यो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन ६ २०७८
  • 6.2K
    SHARES

काठमाडौं। अष्ट्रेलियामा समुन्द्रको किनारमा पौडी खेल्न गएका एक व्यक्तिलाई सार्क माछाले आक्रमण गरेको छ ।

सिड्नीको समुन्द्रमा पौडी खेलीरहेका बेला ती व्यक्तिलाई सार्कले आक्रमण गरेको हो । सार्कले आक्रमण गर्ने बित्तिकै ती व्यक्ति मद्दतका लागि चिच्याएका थिए । उनको चिच्याहट सुनेर समुन्द्रको छेउमा पौडी खेल्न गएका व्यक्तिहरु उनी तर्फ गए । तर त्यतिबेला ढिला भइसकेको थियो । अरुका अगाडि सार्कले ती व्यक्तिको शरीरलाई दुईटुक्रा पार्यो र निल्यो ।

आफ्नो आखाँ अगाडि यस्तो हृदयविदारक घटना देखेर उनलाई बचाउन खोज्नेहरु स्तब्ध भए । प्रत्यक्षदर्शीले समुन्द्रको पानी रगतले रातो भएको र सार्कको मुखमा ती व्यक्तिको शरीरको टुक्रा रहेको बताए । यो घटना थाहा पाउने बित्तिकै उद्धार टोली आएका थिए । उद्धार टोलीका अधिकारीहरुले पानीमा केहि मानव अवशेषहरु फेला पारे ।

बेलायती पत्रिका‘डेली मेल’का अनुसार यो घटना सिड्नीको ‘लिटिल बे’ समुन्द्रमा भएको हो । दिउँसो पौडिरहेको समयमा अचानक १४ फिटको ठूलो सार्कले उनलाई आक्रमण गरेको थियो । न्यू साउथ वेल्स प्रहरीले सार्क आक्रमणको घटनाबारे अनुसन्धान शुरु गरेको जनाएको छ ।

सन् १९६३ पछि सिड्नीमा भएको यो दोस्रो सार्क आक्रमण हो । सन् १९६३ मा सार्कको आक्रमणमा परेर अभिनेत्री मार्सिया ह्याथवेले ज्यान गुमाएकी थिइन् ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४