Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यूएईविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै, लोकेशको डेब्यु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ २९ २०७८
  • 19.7K
    SHARES

काठमाडौं। चार देशीय टी-२० सिरिजको दोस्रो खेल सुरु भएको छ । दोस्रो खेलमा  नेपालले टस जितेर अहिले बलिङ गरिरहेको छ ।

यूएईविरुद्धको यो खेलमा हिटर ब्याटर लोकेश बमले डेब्यु गरेका छन् ।

पहिलो खेलमा नेपालले ओमानलाई पराजित गरेको थियो । आज यूएईविरुद्धको खेलमा नेपालले तीन जना खेलाडी परिवर्तन गरेको छ । अविनाश बोहरा, प्रदीप ऐरी र सागर ढकालको स्थानमा आज जितेन्द्र मुखिया, लोकेश बम र शाहब आलम पहिलो रोजाइमा परेका छन् ।

नेपालले दुई वर्षपछि यूएईसँग टी-२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । सन् २०१९ मा नेपालले यूएई भ्रमण गर्दा तीन टी-२० आई र तीन ओडीआई सिरिज खेलेको थियो । दुवै सिरिज नेपालले २-१ ले जितेको थियो । पहिलो खेल हारेर पनि नेपालले लगातार दुई खेल जित्दै सिरिज जितेको थियो ।

त्यसपछि नेपाल र यूएई टी-२० मा पहिलो पटक खेल्दैछन् । २०१९ मा भएको सिरिजको पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित भएको थियो भने नेपालले दोस्रो खेल ४ विकेट र तेस्रो खेल १४ रनले जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४