Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्पेनिस लिग फुटबलमा रियाल मड्रिड र बार्सिलोना विजयी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २४ २०७८
  • 7.7K
    SHARES

काठमाडौं । स्पेनिस लिग फुटबलमा गएराति शिर्ष क्लबहरु रियाल मड्रिड र बार्सिलोना विजयी भएका छन् ।

अंक तालिकाको शिर्ष स्थानमा रहेको रियाल मड्रिडले ग्रानाडालाई १–० ले हरायो । रियालको जितमा मार्को एसेन्सीयोले ७४औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।

गएराति भएको अर्को खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई ४–२ ले पाखा लगाएको हो । बार्साको लागि योर्डी अल्बा, पायज गाभिरिया, रोनाल्ड आराओ र डानी आल्भेजले एक एक गोल गरका थिए ।

एथ्लेटिको मड्रिडका यानिक कारास्को र लुइस सुवारेजले एक एक गोल फर्काएका थिए । ला लिगाकै अन्य खेलहरुमा भियारियालले रियाल बेटीसलाई २–० ले हराउँदा भ्यालेन्सीयाले रियाल सोसीडाडसँग गोलरहित बराबरी खेलेको हो ।

गएरातिका खेलहरुपछि ला लिगाको अंक तालिकामा २३ खेलबाट ५३ अंक जोडेको रियाल मड्रिड शिर्ष स्थानमा छ । समान खेलबाट ४७ अंक जोडेको सेभिया दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको रियाल बेटीसको ४० अंक छ ।

एक खेल कम खेलेको बार्सिलोना ३८ अंकसहित चौथौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४